Sports,Education,Entertainments,Technology and many more

Saturday, July 29, 2017

Will You Be My First Customer ? Nepali literature by saru kandel


This is a story written by saru kandel giving the title will you be my first customer. while I am scrolling my facebook i got one link and read the whole story and i cant stay calm without keeping it in my blog. I have copied this story from joketantranepal.blogspot.com.


"कहाँ जाने?" खलासिले सोध्यो।
"भरतपुर" मैले भने ।
"ए चढ चढ "उसले भन्यो ।
उसले एउटा कालो t shirt लगाको थियो । अनि निलो पेन्ट । पेन्ट किन्दै ग्रन्च थियो या थिएन थाहा भएन । तर दुबै तिरको घोडांमा च्यातिएको थियो । दुबै अत्ति मैला । कालो टि शर्ट ले बल्ल थाहा पाउदै थियो सायद अझै कालो हुन पनि मिल्दो रहेछ?? होइन यो खलासी हरु फोहोरी हुने हुन कि?? खलासी हुन फोहोरी हुनुपर्ने हो?? मलाइ सोध्न मन छ खलासिहरुलाइ । अपबाद बाहेक मैले सफा खलासी देखेको छैन । 2 min अरु रोकेर गाडि हिड्यो sorry गुड्यो ।
really I m going to meet her?? म आफै छक्क परें ।
ह्या के हुने हो र एकचोटी भेट्दैमा?? केटि भए पो डराउनु पर्ने म?? 
केटिले चाहिँ किन डराउनु पर्ने?? झलक्क दिमागमा प्रश्न उब्जियो । एकछिन अकमक्क परें । आफैलाइ जबाब दिनु कहाँ जरुरी थियो र?? एक्जाम मा आएको भए पनि यो question skip हानेर हिडिन्थ्यो । ध्यान मोड्न इयरफोन कानमा ठुसे ।
मैले फेसबूकमा एउटा कहानी पोस्ट गरेपछी हो । उसले मलाई msg request पठाएकी । मेरो कहानी पनि लेख न रे । हस लेख्छु भने । भेटेर भन्ने रे म्यासेजमा नभन्ने रे । हेर यो आपत । थाहा छैन कुन तत्वले मलाई उ तर्फ बढाइरहेछ ।
"भाइ भाडा" खलासी आयो । 100 को नोट दिदै भने "कार्ड छ है ।" 
"खोइ??" उसले माग्यो ।
निकालेर देखाए । 
"धनुष" सायद युनिक नाम लागेर होला फुस्फुसायो । (साथिहरु युनिक छ भन्छन त्यसैले युनिक भनेको)
उसले पैसा फिर्ता दियो 70 रुपैयाँ । 
"ओ दाइ 25 होइन ??" भन्नेबित्तिकै उसले मलाइ 5 रुपैया फिर्ता दियो । साले खाते नबोले त जो ले नि हेप्ने यार मनमनै भने आफैलाइ ।
यसो फेसबूक खोले त हरर म्यासेज कति सकेकी हो भन्या "आउदै त छु नि" म्यासेज लेखे । धन्न नम्बर दिइन कति कल गर्दि हो?? होइन यो केटि नै हो र भन्या?? सोचे फेरि सोचिन ।
दाइ cmc अगाडि रोक्दिनु है । चौबिस कोठी कटेपछि भने। गाडिबाट झरेर बाटो काटे । धन्न यता काठमाडौको जस्तो सिस्टम छैन 200 बच्यो , मुस्काउदै लागे spoon cafe
"spoon cafe" यसको नाम फेरियो भने यसो लेखिएला "Chitwan meeting hall" किनकी यो क्याफे मे दिन बिराएर चितवनका विभिन्न संस्थाको हरुको मिटिङ हुन्छ । जस्तै : mrr, wrr,mwrr ,better Chitwan , brahman samaj n others.. कुनै संस्थाको meeting को स्थानमा spoon cafe नहुनु एक सिंगे गैडा जत्तिकै rare होला ।
उत्तिकै चहल पहल र उत्तिकै हल्ला थियो आज पनि क्याफे अगाडि । पाइला हरु उत्सुकताले छिटो छिटो चालिदै थियो ।सधै म गएर एक घण्टा कफि कुरेर बस्ने ठाउमा आज मलाई एउटा कथा मलाइ कुरिरहेको थियो ।
कसरी चिन्ने हो अब?? मोबाइल नम्बर पनि छैन । फेरि फेसबुक खोले । हरर म्यासेज आयो । "म यहां ढोकामा आइसके" लेखे ।
"भित्र आउ न त के भित्र आउन पनि पर्मिसन चाहीने हो र मेरो?? "उसले लेखी ।
प्रोफाइल पिक्चर हेरें उस्तै लाग्ने केटि कोहि देखिन । पक्कै केटा हो कुन चाहिले उल्लु बनायो । फरक्कै फर्केर जान लागेको थिए सोचे यहाँ सम्म आएपछी एक कप कफि खाएरै जाउ न त । गएर सिट्मा बसे first row को किचन तिर फर्किएको सिट कुनाको । उस्तै बेलामा बाहेक म बस्न मन पराउने सिट । दिदी आइन "कफि" मैले भने । 
थुक्क डेढ घण्टा लगाएर आएको कफि खान?? आफ्नै माया लागेर आयो "बिचरा म" । "साले कुन चाहिँ हो कुहिएरै मरोस "सरापें । 


"धनुष खनाल?? "केटि आवाजले मेरै नाम भन्यो ।
टाउको उठाएर हेरे घाँटी सम्मको छोटो कपाल, ओठमा जबर्जस्ति बनाइएको निलो कोठी, आखाको माथी गाजल, ओठमा रातो लिपस्टिक, एडिडासको क्रप टि सर्ट, निलो जिन्सको कट्टु अनि लामो साइड ब्याग । नराम्रि छि भन्न पनि नमिल्ने अनि राम्री भनेर वाह भन्न पनि ।
म जस्ता मान्छेले उसलाइ पक्कै बिग्रेकै केटिको दर्जामा राख्छ । (म जस्तो मतलब पुरातनबादी)
धनुष खनाल हो?? उ अल्लि बेस्सरी कराइ 
"हो "मैले भने । 
"म तिम्रै धनुषा हो नि धनुष,, तिम्रै धनुषा" भन्दै उसले च्याटमा गाउने गित गाउदै खित्काउदै बसि । मलाइ उसको सासमा चुरोट गनायो sorry बसायो । (मलाइ चुरोटको बास्ना मनपर्छ तर खान चाहिँ खान्न) 
त यो हो "dhokaa paaeki kt moh"
कफि ल्याएर दिदिले टेबलमा राख्दिनु भयो ।" एउटा मात्रै??" उसले म तिर हेरि ।
"अर्को नि ल्याइदिउ??" दिदिले सोधीन ।
"हजुर "उसले भनी । अल्लि ठूलो आवाजमा जुन obviously मलाई मन परेन ।
"लौ यो तिमी पहिले खाउ म पछिको खाउला" मैले भने । 
"नाइ तिम्ले नै खाउ" भनी भने सुरुप्प पार्नुपर्ला भनेको "हुन्छ "भन्दै सुरुप्प पारी मैले घुटुक्क थुक निल
"Sorry है बाटोमा आउदा आउदै कस्तो चुरोटको तलतल लाग्यो । एक खिल्ली सकेर आउदा बेर भयो ।" सायद स्पस्टिकरण दिनु उसले आफ्नो कर्तव्य सम्झी होलि । आखिर उसैको करले त हो म यहांसम्म डोरिएको । कफि आयो । मैले पनि एक घुट्की सुरुप्प पारें ।
"कफिसंग हातमा चुरोट होस कानमा एयरफोन अनि बाहिर पानी परिरहेको होस । वाह! भगवान इन्द्र बस्ने स्वर्ग यस्तै होला है??" उसले भनी ।
" इन्द्रले त जति बेला पनि पानी पार्न सक्छन" मैले भने ।उ अझ बेस्सरी हासि । हास्दा चाहिँ सार्है राम्री देखिने हो केटि मैले सोचे ।
अब त भन्ली अब त भन्ली भन्यो केटिले सुरु नै गर्दिन बा । मलाइ उ संग बस्न अड लागिरहेको थियो । उसलाइ हेर्दै बिग्रीएकि केटि जस्तो लाग्थ्यो । चिनेको कोहि नि नआइदिए नि हुन्थ्यो नि मैले घरबाट हिड्दा खेरी नै भगवान संग प्रार्थना गरेको थिए ।
ल अब मैले भने तिमिले कसरी सम्झिन्छौ लेख्ने बेलामा?? उसले भन्ने बित्तिकै उसको अगाडि मोवाइल राखिदिए recording on गरेर ।
" मेरो आज सम्म जम्मा 10 ओटा मात्र bf भए ।"
" 10 ओटा??" मैले आँखा ठुला पार्दै भने । 
"common हो म जस्तो केटिको लागि" उसले अन्तै हेर्दै भनी ।
कहानी भन न त irritate लागिसक्यो कहानी भन्दिन ।
"पहिलो 5 क्लासमा हुदां के हो त्यो लब भन्या खासै थाहा थिएन । उसले एक दिन physical हुम भन्यो अनि म त सानै थिए नि केही थाहा थिएन ।" हुन्छ "भने कस्तो दुखाइदियो अनि छोडिदिए ।"
"केटा ठूलो थियो?? मैले सोधे ।
" नाइ 5 class मा नै पढ्थ्यो" म फिस्स हासे । म त्यतिबेला सोच्थे" म ममिको नाइटोबाट जन्मेको हो ।
"अनि 6 मा लब पर्यो । खासै राम्रो थिएन । अनि फेरि 6 को आधा आधिमा पुगेर अर्को राम्रो केटाले साइड हान्यो त्यही संग लब पर्यो । त्यो सुरुको केटा छ नि कति रोको बिचरा" भन्दै उ हासी ।
यी यस्ता हुन्छन केटि सालिहरुको लागि आँसु बगाउदा मजा लिने । थुइक्क यिनिहरुको जिन्दगी ।
"त्यसपछी त्यो राम्रो केटा नि 7 मा अर्कै बोर्डिङ मा गयो । 8 र 9 मा त्यस्तो कोहि राम्रो लागेन । अनि 10 मा एउटा थारुले पर्पोज गर्या थियो । 2 बर्स रिलेसनमा बस्या थिइन 2 बर्स can u imagine?"उसले भनी
म 22 को हुदा नि singal छु मैले किन imagine गर्न नसक्नु जाबो 2 बर्स?? केही बोलिन फिस्स हासिदिए ।आज त मेरो फिस्स हास्ने बाहेक केही काम नै भएन ।
" अनि त्यति time relation मा नबसेको,धेरै भयो relation मा नबसेको भनेर accept गर्दिए ।"
really?? धेरै भाथ्यो relation मा नबसेको अनि accept गर्दिए?? यहि हो रिलेसन यिनिहरुको लागि?? साथिहरु त भन्थे केटिको जात खत्तम हो । म सोच्थे सालेहरु gf भएर पनि किन भन्छन यस्तो भन्या त सब बकरा बनेका रैछन र पो । बिचराहरु धन्न भगवान मलाइ सबले रिजेक्ट गर्दिए । thank u अश्विका,स्वस्ती,पुजा,किरण
" ओए के भो "उसले बोलाइ ।
म त आफ्नै दुनियामा हराएछु धन्यवाद दिन लाग्दै थिए पूरा नाम भन्नै पाइन । सबै सबैलाइ धन्यवाद । कोटि कोटि रिजेक्टरलाइ ।
" अनि के भयो?? "मैले सोधे ।
"त्यसपछि उ टेस्ट्मा पास भयो म फेल भए । भेट्न आइरहन्थ्यो । पढ्न काठमाडौ जान्छु भन्थ्यो गयो होला गएपछी पत्तो खबर भएन । तर कत्ती केयर गर्थ्यो उ I m missing him now..." उसले एकछिन उसलाई (थारुलाइ)याद गरि । मैले नि कल्पे उ कस्तो होला?? दिमागमा मेरा सबै थारु समुदायका सथिहरुको तस्बिर नाच्यो ।
"त्यसपछी 10 मा first boy आयो है कति handsome.. वाह सेम अनमोल केसि ल ।" उसले टेबल ठोकि म एक्चोटी झसंग भए।
"म उसैलाइ मन पराउन थाले, माया गर्न थाले । उ पनि मलाइ भाउ दिन्थ्यो । 1 ब्याच पछाडिको सायद म भन्दा 1/2 बर्स सानो पनि थि यो होला । who cares??माया त माया हो उ" खित्खिताउदै हासी ।
मलाइ त आफ्नै क्लासको पनि अल्लि ठूलो केटि दिदि लाग्छ । how can you expect that typ of feelings frm elder sister?? यो जमाना म भन्दा धेरै अगाडि गइसकेछ ।
" म उसलाई घरी के घरी के सिकाइदेउ न भन्दै उसको बेन्चमा जान्थे । उ नि सिकाइदिए झै गर्थ्यो । छोटो छोटो स्कर्ट लगाएर स्कुल जान्थे । उ एउटा हातले हिसाबहरु गरिदिन्थ्यो कपिमा, अर्को हात मेरो स्कर्ट माथी राख्थ्यो । मलाइ क्या मजा लाग्थ्यो । भरखर त जवानी चढ्दै थियो । हामी आखै आखाले एक अर्कालाइ पिइरहेका हुन्थ्यौ । आखाले नै माया गर्थ्यौ, अंगाल्थ्यौ , किस खान्थ्यौ अरु के के के के । "
उसले खान्थ्यौ भनेको भएर हो कि मलाइ भोक लाग्यो । दुनियामा म जस्ता केटा पनि हुन्छन उ किस खाने कुरा गरिरहेछे मलाइ भोक लाग्यो रे । ain't it funny?? भोक लाग्यो सम्झिनी बित्तिकै पेट क्वार्‍र गर्यो ।
" खाजा खाने ??" मैले उसलाइ सोधे ।
उसले यस्तरी हेरि कि मलाइ यस्तो लाग्यो कि उसको आखाले भनिरहेछ" r u kidding?? एउटा hot केटि तिम्रो अगाडि बसेर kiss को कुरा गर्दैछे अगाल्ने कुरा गर्दैछे and उ अझै going on mood मै छे । n u r like खाजा खान्छ्यौ?? really??" तर मुखले भनी "उम खाने ।" खाजा के अर्डर गर्यौ होला?? मेची देखि महाकाली सम्म नेपालिको खाजा म:म😂😂
"उसले बफ भनी मैले चिकेन" 
"बफ खाने के "उसले भनी । बाहुनको छोरो भएर मलाइ यो भन्न लाज लाग्यो कि म भैसिको मासु खान्न । 
"नाइ आज चिकेन खाने" मैले भने ।
"म नि चिकेन खान्छु "उसले भनी ।
दिदी अर्डर लिएर जानू भयो । 
"अनि भन??" मैले भने ।
" एकदिन गेटमा उ संग भेट भयो । उसले हाम्रो घर जाउ भन्यो पढ्नलाइ । मैले नि हुन्छ भने । उसको घर गएर मामुलाइ फोन हाने अनि म साथिकोमा पढ्न आछु भनेर लाइदिए ।"
उसको मामुले खाजा दिनुभयो खायौ अनि उसको रुममा आयौ । उसको रुममा आएर उ खाटको एक तर्फ थियो म अर्को तर्फ । हामी घोप्टो परेर हिसाब गर्दै थियौ । its obvious उ घरि घरी म तिर हेर्दा कहाँ हेर्थ्यो । अनि म लाजले सर्ट मिलाउथे
एक्छिन पछि उ मेरो पछाडि आयो nd he started kissing me.. I was like के हुदैछ but I m liking it .. अनि एकछिन पछि उसले मलाइ आफू तिर फर्कायो । we had a tongue kiss.. मेरो लाइफको पहिलो tongue kiss.. अनि उसले मलाइ book हरु माथी धकेल्यो । जब उसले पेन्ट खोल्न लाग्यो । I was like "NO" बेस्सरी चिच्याए । उसले पेन्ट अन्जिप गर्दै थियो ।
he was like "what happened ?? "his mom knocked t door??
" के भयो हं??"
" केहि भाछैन "उसले भन्यो पेन्टको चेन लगाउदै ।
म उठे र ब्यागमा कपि किताब खदारे अनि ढोक खोलेर पुतुतु भागे । त्यसपछि हामी कहिल्यै बोलेनौ ।
सुनेकी थिए उसको मामुले उसलाई त्यो स्कुल बाट निकाल्दिने भन्नू भाथ्यो रे तर slc को बेला भएकोले नमिल्ने भएको भएर ननिकालेको रे । तर यो सुनेको 15 दिनमै स्कुलमा देखिन छआड्यो ।
म: म आयो । हामी दुबै खान लाग्यौ । मलाइ उसले छिटो खाएर सब कथा भनेनी हुन्थ्यो जस्तो लागेको थियो । यो केटिहरुको नाटक उफ। घरमा भाको भए 3 प्लेट भ्याइसक्थी होला ।
"भोलि बिहान आलार्म लगाउनु पर्दैन अब "उसले भनी ।
" किन?" मैले सोधे ।
" पेटको कुखुराले कुखुरि कां गरिहाल्छ नि ।" भन्दै उ हासी ।
irtitate लाग्दा लाग्दै पनि मलाइ यति बेला भने हासो लाग्यो । मैले भ्याइसके उसको प्लेटमा अझै 3 टा डल्ला बाकी थिए म:म का ।
" लौ न खाउ धेरै भयो "उसले भनी । एक प्लेट म:म खाएपछी पेटमा हावा जान नि ठाउँ हुन्न आफ्नो । 
"भयो मलाइ नि फाल्देउ" मैले भने ।
" खेर फाल्नु हुन्न बरु म बिस्तारै खान्छु" उसले भनी ।
" अनि 11 मा गए म । म कलेजको hot केटिहरुमा पर्थे । त्यति विधि केटिहरु छोटो लुगा लगाउथेनन । सब केटाहरु मेरो नजिक आउन खोज्थे । म कसैलाइ भाउ नै दिन्नथें । एउटा केटा चाहिँ गाउको थियो त्यही भएर बोल्दिन्थे। पुरै गाजा खान्थ्यो टोटल झ्याप हुन्थ्यो । हामि कलेजबाट घर हिडेरै फर्किन्थ्यौ । 15 मिनेटको बाटो थियो बाटोमा एउटा खोला पर्थ्यो । त्यो खोलामा एउटा बुढिलाइ नाक कानमा लगाएको सुन खोसेर मार्देको थियो एउटा 16/17 बर्सको फुच्चेले । अनि एउटा फुच्चे 10/12 बर्सकोलाइ पेटिले घाँटी कसेर मार्देको भन्थे उसको किड्नी झिक्न हो कि के को लागि भन्थे । अनि डिममा सुकुम्बासिहरुको बस्ति थियो उनिहरुले त्यही खोलाको बालुवा चालेर,गिट्टि कुटेर गुजारा गर्थे । डिम डिमै हाइवे पुग्न सकिन्थ्यो । महेन्द्र राजमार्ग के "उसले भनी ।
" ए ए "भन्दै मैले टाउको हल्लाए । त्यता तिर केटाहरुको अड्डा थियो पूरा केटाहरु गाजा खाने गर्थे । अनि होटेल रुम अफोर्ड गर्न नसक्ने प्रेमी प्रेमिका पनि त्यतै जान्थे । कत्ति आन्टिहरुको मुखबाट त्यताका रासलिलाका गाथा पनि सुनेकी थिए मैले
" त्यो दाइ र म संग संगै जसो हुन्थ्यौ के धेरै टाइम । अनि त्यो ठाउँ आएपछि त्यो दाइ डिम डिमै जान्थ्यो अनि म घरतिर आउथें । कस्तो होला के गर्दो होला सोच्थे कस्तो थाहा पाउन मन लाग्थ्यो । तर मन नलागी नलागी चुपचाप हिडिदिन्थे ।"
एकदिन उ त्यतै जाँदै थियो ।
मैले बोलाए "उत्सब दाइ पख्नु न" । उ अडियो । "किन?" उसले सोध्यो । 
"म नि हजुर संग जान्छु नि । कहाँ गाजां खान ??भन्दै हास्यो । 
"अं "मैले भने । 
एकछिन त ट्वा पर्यो तर पैसा पर्छ नि उसले भन्यो । मैले खल्तिबाट 500 को नोठ निकाले ।"
" हिड "उसले भन्यो हामी दुबै गयौ ।
एउटा झाडिको छेल पारेर बस्यौ अनि उसले गाजा निकाल्यो गोजिबाट अनि सल्काएर तान्यो । मलाइ दियो त्यस्तो जुठो के खानु सोचे फेरि एउटा फेसबुकमा पढेको लाइनको याद आयो चुरोट र केटिको ओठ कहिल्यै जुठो हुन्न । सुट्ट ताने । के थियो लहरे खोकी चल्यो । भनन घुमायो बसेको ठाउबाट उठ्नै सकिन । बल्लतल्ल त्यो दाइले घर ल्याएर छोद्दियो बाटोमा बेहोस भएकी भनेर । खै के के खान दिएर मुखको गन्ध नि हराएको थियो ।"
" यस्तै गर्दा गर्दै उसको संगत भयो । गाजां चुरोट नर्मल भो मेरा लागि ।उहीँ संग जाने गांजा खाने गर्न लागे । गाजा खान नपाको दिन ( त्यो दाइ कलेज न आएको दिन या आफू कलेज नगएको दिन,बिदाको दिन) बाबाको चुरोट चोरेर खान्थे । केही हदसम्म सन्तुष्टि दिन्थ्यो गाजाको जस्तो मजा कहा?? "
एकदिन पैसा थिएन है कस्तो तलतल लागिराथ्यो उ सगै गए अनि खाएपछी "पैसा ले "भन्यो म संग पैसै थिएन "भोलि दिन्छु" भने । किस गर्न लाग्यो घरी कहाँ घरी कहाँ ।"
मेरो ज्यानमा काडा उम्रीन लागे । उसले यो हेक्का राखेकै थिइन कि उ यो सब एउटा केटालाइ भनिरहेछे । नशामा लट्ठ हामी एक अर्कामा चुर्लुम्मै डुब्यौ । यसरी मेरो पहिलो सेक्स भयो एउटा खोलाको डिममा । अनि त के थियो दिनदिनै यहि प्रक्रिया सुरु भो । मलाइ नि खुशी लाग्यो गाजा नि खान पाइने free मा अनि त्यति आनन्द पाइने free मा । हामी दिनदिनै इन्टिमेट हुन्थ्यौ । तल तल लाग्थ्यो दुबैलाइ । अनि त के हुन्थ्यो?? 11/12 मा दुइटैलाइ लाग्यो । मलाइ घरमा थुनेर राखे 1 महिना जति थाहा पाएर होइन फेल भएं भनेर। मेरा वा आमाले त थाहै पाएनन नि यो सब । अहिले उ साउदी छ रे अल्लि अस्ति फेसबुकमा बोल्दै थ्यो बुढी भन्दै । "के sex गर्नी बित्तिकै म त्यसको बुढि भए र??" उसले म तर्फ हेर्दै भनी ।
" नाइ" मैले भने उसले सुनी कि सुनिन कुन्नी?? "यत्ती हो कथा भ्याइयो उसले आफ्नो आङ तानी" । 
आफ्नो हालत खराब भएको थियो । 
"म वासरुम जान्छु "भन्दै गए । आउदा उसले पैसा तिरिसकेकी रहिछ । बाहिर निस्केर खोजे अंहं उ देखिइन । म छक्कै परे उ किन यसरी बाइ पनि नभनी गइ??
गाडिमा चढे अनि म घरतिर हिडे mean गाडी हिड्यो mean गुड्यो । उफ! writer बन्नु सजिलो काम होइन । यसो सम्झे उसलाइ । मलाइ थाहा थियो उसको कथा यस्यै हुनेछ एकदम बकवास । उसले कहाँ नीर चाहिँ धोका पाई लौ अचम्म छ। dhoka paeki kt moh रे ए भगवान म कहाँ झुन्डिएर मरु?? ओहो मैले त उसको नाम पनि सोधिन । यसो गने बि एफ दस ओटा पुगेनन । सायद ब्याचलर पनि पढेको भए पुग्थे होलान सोछे अनि हासे । ब्याचलर मा त उसको कहानी कपडा खोलेबाट अघि पनि बड्थ्यो होला । ए भगवान म त सक्दिन थिए ।
यसो फेसबुक खोले 9+ msg रे । कुन चाहिले ग्रुप खोल्यो फेरि म छक्क परें । हावा ग्रुप खोल्यो च्याट गर्यो बकवासेहरुको केही काम छैन सोचे । खोले हेर्द त dhoka paeki kt moh बाट आएको msg थियो । msg छोटा छोटा थिए तर धेरै । older गर्दै गए ।
" मलाइ बुझ्ने मान्छे मैले जिन्दगीमा भेटिन । तिमी पनि तिनै मान्छेहरुमा पर्यौ । खुशी लाग्यो भनौ कि दुख?? मलाइ लागेको थियो तिमी मलाइ बुझ्नेछौ । खोइ किन लागेको थियो कुन्नी ?? मलाइ यस्ता भ्रमहरु धेरै परेकोले यो कुनै नौलो कुरा भएन मेरा लागि । पिर नगर म सहन सक्छु तिम्लाइ के को पिर है? चिन्नु न जान्नु ?"
" मैले जुन कहानी तिम्लाइ सुनाए नि त्यो सब झुटो थियोम पनि प्रेमकथा लेख्छु मद्वारा लेखिएको प्रेम कथा मेरो कहानी भनेर तिम्लाइ सुनाए खोइ किन मैले सोचेकी थिए कि तिमिले पत्याउने छैनौ । अनि मलाइ मेरो साचो कहानी भन्न लगाउने छौ । खोइ किन सोचे किन । मलाइ नै थाहा छैन ।"
" थाहा छ म त गाडी जस्तो मान्छे हो गाडिमा मान्छे चढ्छन झर्छन म माथि कति मान्छे चढे झरे फरक यत्ती हो मैले कसैलाइ गन्तव्यमा पुर्याइन तर आफू चाहिँ यिनै गाडिहरु झैं भौतारिइरहे । तिमिले मेरो कहानी यस्तै नै हो भनेर सोच्यौ होला जस्तो मैले सुनाए । "
"तर मेरो बास्तबिकता त यथार्थता भन्दा पनि भयानक छ । कल्पना भन्दा पनि डर लाग्दो छ । जिन्दगिमा मैले एउटै मान्छेलाइ प्रेम गरे । जसले मेरो जिन्दगी नर्क बनाइदियो । हुन त नर्कमा केटिहरुक्क रेप नहुदो हो भन्न खोजेको त्यस्तै बत्तर ।"
"स्वर्ग पाइन्छ भनेर मैले त्यस्तो बत्तर जिन्दगी पनि अपनाए । नर्क भन्दा बत्तर जिन्दगी मैले पृथ्वीमा नै पाए । मैले गर्दा मेरो परिवार उजाडियो प्रेम पागल प्रेमले गर्दा । बर्बादिको यस्तो हद तिमिले देखेको त के सुनेको पनि छैनौ होला ।"
" sorry तिमी जस्तो ठूलो मान्छेको समय खेर फाल्दिए । यहाँ आउन दुख दिए । तिम्ले कति काम pending राखेर यहाँ आएका थियौ होला । "
हुन त sorry ले त्यो भरिपूर्ण त हुदैन तर sorry । भन्दै 20 ओटा sorry ले भरिपुर्ण म्यासेज थिए ।
" अब तिम्रो जिन्दगीमा फर्केर न आउने र तिम्रो समय खेर नफाल्दिने प्रण गर्छु ।"
" तिम्रो पुस्तकको प्रतीक्षामा हुनेछु । अलबिदा प्रिय लेखक"
what the fuck मैले सानो स्वरमा बोले । के गरुम गरुम भयो म्यासेज रिप्लाइ भएन उसले मलाइ ब्लक गरि पक्कै । म गाडिबाट झरे टाडि आइपुगेको रहेछु । फेरि भरतपुर फर्के ।
spoon cafe लागे यताउता खोजे कहि भेटिन spoon cafe बाट हिड्दै तल लागे फेरि माथि आए । जाने बाटोहरु सयौ थिए । उ जताबाट पनि जान सक्थी । आएर चौतारामा बसे । अँध्यारो हुन लागिसकेको थियो । घरबाट फोन आयो अनि घरतिर लागे ।
खाना खाएर बिस्तारामा पल्टिए । थाकेको थियो ज्यान भुसुक्कै निदाएछु ।
उ मेरो अगाडि थिइ उसको शरिरमा कपडाको नाममा एक टुक्रा पनि थिएन । उ दकुर्दै मै तिर आइरहेकी थिइ,रुदै थिइ । उसको vagina बाट रगत आइरहेको थियो । शरिरको जताततै घाउ थियो रगत आइरहेको थियो । कपाल भताङ भुतुङ थियो । मलाइ बचाउ मलाइ बचाउ तिनिहरुले मेरो rape गरे भन्दै उ मलाइ आफू आएको दिशातिर देखाउदै थिइ । उ मेरो नजिक आइ तर मलाइ के भयो के भयो उसको नाङ्गो शरीर देखेर थाम्नै सकिन उसको छातितिर गयो । उ नाइ भन्दै चिच्याउदै मलाइ धकेलेर भागी । म झसङ्ग ब्युझे । के सपना देखेको यस्तो?? बोतलको पानी घटघटी पिएर सकें । तर्सिरहे हात खुट्टा लगलगि कामिरह्यो मुटु भ्याट भ्याट गरिरहेको थ्यो । फेरि बिस्तारामा पल्टे । निन्द्रा के लाग्थ्यो ?? मलाइ त्यही सपनाले निदाउन दिएन । मैले आफैलाइ धिक्कारे मैले कसरी त्यस्तो रगताम्मे भएकी केटिको बारेमा त्यस्तो सोच्न सक्छु । आफैलाइ अपराधि बोध भयो । आफै संग बाचा बाधे अब उसलाई भेट्टाएर नै छाड्नेछु । तर कसरि?? म संग उसको परिचयको नाम मा उसको फेसबुक आइ डि को नाम मात्रै थियो dhoka paeki kt moh.
त्यसपछी म दिनदिनै spoon cafe धाउन लागे कतै उ आइपुग्छे कि भनेर?? जाने बित्तिकै म दिदिलाइ सोध्थे" दिदी उ आइ ?"
" को को कतिलाई याद राख्नु भाइ" उनी भन्थिन । 
"अरुलाइ याद नराखे नि त्यसलाइ याद राखेको भए भैहाल्थ्यो नि "म चिच्याउथे मनमनै अनि हास्दै भन्थे "कफि "।
मलाइ उसको msg ले यत्तिकै झक्झकाएको थियो त्यही माथि आफ्नो सपनाले मलाइ सुत्न दिएको थिएन ।
हर रात हर रात मैले त्यो सपना देख्थे । म कत्ती आफ्नो हात थाम्थे तर मेरा हात उसला छातिसम्म पुगिहाल्थे । म आँखा चिम्लिन्थे भरमग्दुर प्रयास गर्थे हातलाइ रोक्ने तर सक्दिन थिए । त्यसैले त म कति रात रोएको थिए कति रात छटपटिएको थिए । आफ्ना हात मलाइ कहिले काटेर फाल्दिउ जस्तो लाग्थ्यो । म आँखा चिम्लिन्थे त मैले त्यही दृश्य देख्थे उसको छातिमा हात लगेको । यसरि बिस्तारै बिस्तारै म दिउँसो पनि तर्सिन थालेको थिए ।
घाम लागिरह्यो अस्ताइरह्यो । जुन ठूलो हुँदै गयो त कहिले घट्दै गयो । तर मेरो मनको छटपटी कम भएन । मलाइ राती निन्द्रा पर्न छोड्यो। भोक लाग्न छोड्यो । यती सम्म भयो कि मलाइ लाग्न थालेको थियो कि उसको जिबनमा जे भयो नि मेरै कारणले भयो ।
आफुलाइ यतिबिधी helpless कहिल्यै महसुस गरिन । के भएको होला उ संग कसरी होला कसरी सहि होला उसले प्रश्नहरुको घेरा भित्र थिए म जबाब मात्र उ संग थियो ।एकदिन घाम असताउनै लागेक बेला थियो । मोबाइलमा म्यासेज टोन बज्यो ।
एकदिन घाम अस्ताउनै लागेको बेला थियो । मोबाइलको म्यासेज टोन बज्यो । म्यासेज unknown नम्बरबाट आएको थियो । लेखिएको थियो भोलि 11 बजे spoon cafe धनुषा धनुषा ?? मतलब dhoka paeki kt moh?? या नि त्यही केटि जसले मलाइ 2 महिना देखि तड्पाइरहेकी थिइ । उसले मेरो नम्बर कसरी पाइ??
फोन गरे टेलिकमकी दिदिले स्विच अफ भएको बताइन । म्यासेज गरेर मोबाइल को स्विच अफ गर्छ ? nonsense मलाइ कहिले बिहान होला र उसलाइ भेटु जस्तो भयो । यतिल्हेर सम्म त हिजो अति बिहानको 7 बज्थ्यो अहिले बल्ल बेलुकाको 7 बज्यो । मलाइ रिस उठेर आयो हिजो ढिलो चलेको भए नि हुने नि यो समयलाइ आजै यस्तो गर्नु पर्नी । घडी बिग्रेको हो कि भनेर मोबाइल हेरे उस्तै छ पारा रिसले हुत्याइदिए । धन्न कभर हालेछु फुटेन ।
खाना खाएर आउदा ओर्दा मेरो लागि 2/3 घण्टा भइसक्या थ्यो तर घडिले जम्मा 30 मिनेटको हिसाब निकाल्यो । सालेलाइ math teacher ले राम्ररी पढाएनछ क्या रे आइजा म संग ट्युसन पढ्न भित्ते घडी तर्फ हेर्दै भने ।
कोठाको यता र उति डुल्दै थिए कुना कुनामा फोहोर देखे । बाहिर गएर कुचो ल्याए अनि बडार्न लागे माथी माथी spiderman को घर पनि भत्काइदिए । कापी किताब लुगा हरु सबै मिलाए कोठा सफा चट देखियो । बल्ल रातिक 11 बजेको थियो अझै 12 घण्टा बाकि थियो ।
कस्सम यति छटपटी त मलाइ अश्विकाले जबाब भोलि भन्छु भन्दा नि भाथेन । सालिले रातभरी कुराएर no भन्दी । मलाइ एक्कासी उ प्रती रिस उठ्यो । यहाँ भएको भए 2/4 झापड त भेट्थी भेट्थी । तर म कहाँ? उ कहाँ ?? अनि धनुषा ??
really?? धनुषा ?? उसको नाम चाहिँ के होला?? एकछिन सोचे । जस्तो कि magic हुनेछ अनि उसको नाम मेरो दिमागमा आउनेछ । आए पनि उसको नाम यो हो भनेर थाहा पाउने उपाय नै थिएन म संग ।कहिलेकाही गर्व लाग्छ आफै प्रती म कति सम्म बकवास सोच्न सक्छु । table मा बुक थियो पैताला हेरे मात्र continue गर्न मन लागेन । घडी हेरे 2 बजेको थियो ।
कानमा इयरफोन कोचारे अनि बिस्तारामा पल्टिए । लता दिदी होइन हजुरामा गाउदै थिइन मझे तुम मिलगए हमदम, त्यसपछी अरिजितको एहसान तेरा होगा मुझ पे, त्यस्तै अरु गायक गायिकाको पालो आइरह्यो ।
"धनुष उठ 10 बज्दा पनि उठ्दैन । सबका छोराछोरी बारिमा आइसके । हेर त आचार्यका छोरिहरु ।" ढोका खोले र बाहिर आए अनि हेर्दिए ।
"ल अब हेरे के गरौ??" मैले भनें ।
"गु खा तिनिहरुको" आमाले भन्नू भयो ।
आखाले खाउला झै हेरे आमालाई । अनि उनिहरुलाइ हेर्दै गाली गरे सालिहरु जहिले गाली ख्वाउछन । आचार्याकी छोरिहरुले यसो गरे उसो गरे त्यसो गरे । कहिले तिनिहरुले बच्चा पाए तैले नि पा भन्न बेर छैन ।
" ढिलो सुतेर हो के ।" भन्दै म धारा तिर गए । 
"बडा महाराज कस्तो प्रंशसनिय कार्य गरेर ढिलो सुत्नु भा नि ?" बाबाको घोर निन्दनीय आवाज आयो।
" लखर लखर डुल्ने र भात हसुर्ने होइन त भाइ ??" साली यस्तालाइ कसले दिदी भन्ने?? 
"बाबा यस्को boyfriend छ "लौ जा चिच्याइदिए ।
"बिहे नि fix भयो बाबू डुल्न बाट फुर्सत पाइस भने पुलाउ खाएर गएस?? "
म shocked 😐😐😐 fix भो रे कहिले?? मलाइ एकबचन पनि नसोधी?? भन्नू मात्रै लेखक आफ्नो घरमा केही इज्जत नै छैन ।
सबै उछिट्टिएर कता कता गए । म धारामा ठिङ्ग उभिरहेको थिए । घडी हेरे बल्ल 8:30 भा रैछ सुड्डि भन्दै मुख धुन लागे ।
spoon cafe मैले यो नाम पढिरहदां घडिमा बल्ल 10 बजेको हुदो हो । भित्र जादा पुरै क्याफे भरिपुर्ण थियो । भित्र गइन , बाहिरै बसें ।
करिब 15 मिनेट पछि क्याफे खाली भयो । सायद wrr को मिटिङ थियो होला । केटि केटि बाहिर निस्कदा गेस गरेको के थियो उनै जानुन । तर पनि मलाइ भित्र जान मन लागेन उसले दिएको टाइम हुन अझै 45 मिनेट बाकी थियो ।
म घरी यता घरी उता हेरिरहेको थिए । उ देखिइ । कसैको वास्ता नगरी सरासर क्याफे भित्र छिरी । म उसकै पछाडि लागें । उ पहिलो भेटकै आफ्नो सिटमा बस्न लागेकी थिइ झस्की मलाइ देखेर । उसको expression हेर्न लायकको थियो । "sorry" भन्दै म हास्दै बसे । 
"पैसा छ ?? "उसले सोधी । म एकछिन ट्वा परे ।
"what??" के सुने मैले confirm गर्नलाई सोधे । "पैसा छ??" उसले सोधि
"छ" मैले भने । उसले दिदिलाइ बोलाइ "2 प्लेट बफ मम " उसले भनी । 
"म खान्न भरखर खाना खाएर आएको" मैले भने । "
मलाइ हो तिम्लाइ हो र??" उसले भनी । दिदिको अगाडि पुरै इज्जतको फालुदा बनाइदिइ ।
आज उ अर्कै देखिएकी थिइ । अर्कै केटि आकि होइन उ नै अर्कै देखिएकी । कपाल पुरै माथी जुरो थियो । लामो आउटर र क्रप टिसर्ट लगाकी थिइ निलो फुल पेन्टमा । अनि स्पोर्ट्स सुज थियो खुट्टामा अनुहारमा मेकअपको नाम मा m पनि थिएन । मेकअप नभएर पनि होला या अरु अरु कारण पनि होलान उ अर्कै देखिएकी ।
"तिमिले मलाइ किन ढाटेको??" मैले सोधे । 
"आफ्नो लेखाइलाइ जाचेको राम्रै लेख्ने रैछु म पनि तिमी जस्तो writer ले त पत्यायौ ।" 
"त्यसो भए तिमी आफै आफ्नो कहानी किन लेख्दिनौ ?? "
"म लेख्दिन अब business गर्छु ।"
" कस्तो business ??" मैले छक्क पर्दै सोधे ।
" कहानी सिध्याए पछि भनुला" उसले भनी ।
म म आयो उ क्वाप क्वाप खान लागि । उसको खुवाइ यस्तो थियो लि पेट टन्न भएकालाइ नि भोक लागोस मलाइ पनि लाग्यो तर चुपचाप बसे ।
मैले पत्याउनै सकिरहेको थिइन यो त्यही केटि हो जसले एक महिना अघि एक प्लेट मम भ्याउन सकेकी थिइन । भ्याएपछी एक गिलास पानी पिइ अनि ढ्याउ गरि ।
"हिजो बेलुका देखि भोकै थिए के । सब कहानी मै आउँछ ।बरु नारायणि किनार जाउ न म यहाँ भन्न सक्दिन होला" उसले भनी । यति खान पो आएकै यहाँ हैन?? मनमनै भने ।
अनि हामी अटो चढेर नारायणी किनार लाग्यौ । अटोबाट झरेर हामी एउटा रुखमुनिको बेन्चमा बस्यौ ।
हामी क्याफे बाट यहाँ आउदा सम्म केही बोलेनौ । म केही बोलिन उ पनि बोलिन । मलाइ थाहा थियो पक्कै उसको मनभित्र उसको बिगतको अन्तर्द्वन्द्व भइरहेको थियो ।
म 10 कक्षामा पढ्थे त्यतिखेर उसले मलाइ valentine डे को दिन letter दिएको थियो । तर मैले त्यो पढिन principal mam ले पढ्नुभयो । उ एकहप्ताको लागि स्कुल बाट रेस्टिकेट भयो । स्कुलको फस्ट boy रेस्टिकेट भयो । यो महान कार्यको सम्पुर्ण श्रेय मलाइ नै जान्थ्यो ।
साथिहरुले किन त्यस्तो गरेको भनेर मलाइ कराएका थिए । पुजाले म भए त एसेप्ट गर्दिन्थे मस्किदै भनेकि थिइ । जा न त गर्दे म फन्किदै भनेर क्यान्टिन बाट उठेर क्लासमा आएकी थिए । मलाई त्यति बेला सम्म माया मोह यस्ता यस्ती केही अत्तो पत्तो थिएन । अलिअली सुन्थे त्यसको त्यो संग लब परो त्यसको 3/4 ओटा bf छन । मलाइ त बस पढ्नु थियो ।
कुनै पनि मान्छे संग एउटा असाधारण घटना घट्छ नि त्यसपछि त्यो मान्छे याद हुदो रहेछ जस्तो भिडा पनि चिनिदो रहेछ एक कोसको दुरिबाट पनि छुट्टिदो रहेछ । त्यसपछी मैले पनि उसलाई याद गर्न लागें । उसले चट्ट आइरन घसेर लगाउने ड्रेस छड्के सुताएको कपाल आखाको चस्मा एउटा कानको सुनको मुन्द्रा हातमा घडी ओठमाथिको कोठी हास्दा डिम्पल पर्ने गाला अनि ओठ माथि बसेको जुगाको रेखि। म उसकै बारेमा सोच्न लागे ।
उ हासेको बोलेको खेलेको सब मनपर्थ्यो । उ तर्फ हेर्दा एकोहोरो टोलाइरहन्थे साथिहरुले बोलाउदा झस्किन्थे । मलाइ नबोलाए नि हुन्थ्यो नि मलाइ उ बाट टाढा नलगे नि हुन्थ्यो जस्तो लाग्थ्यो तर साथिहरुलाइ नाइ भन्न सक्दिन थिए ।उ सधै केटापट्टिको फस्ट बेन्चमा बस्थ्यो । म भने थर्डमा ।
उ छेउपट्टि बस्ने भएकाले म उसलाइ हेर्न छेउ पट्टि नै बस्न खोज्थे । साथीहरू बेन्चमा नि रोटेसन गर्ने भन्थे । कहिलेकाही त झगडै पर्थ्यो छेउमा म बसे भनेर । म अल्लि गुन्डा टाइपको पहिल्यै देखि मैले सधैंजसो जित्थे कहिलेकाही अन्त बस्नु परो भने घाँटी तन्काइ तन्काइ हेर्थें । यहि बेहोराले गर्दा मार्करको बिर्को म कहाँ आइरहन्थ्यो ।
एकदिन के भयो भने म कुनामा परेको थिए त्यो दिन । उसलाइ हेर्छु भन्दै कोल्टो परिराको थिए । सायद उ कुनापट्टि रैछ क्या रे भण्डै तन्की तन्की हेरिराथे । मौसम म्यामको पिरियड थियो । मेरो पारा देखेर अगाडि बेन्चकि साथि सुम्निमा ले मेरो कपाल तानि । कपाल दुई चुल्ठी बाटेकी थिए । बिचरिले बेस्सरी तानेकी त हैन तर म नै ढल्किरहेको भएर आधी ज्यान अगाडि बेन्चमा आधी ज्यान पछाडी भयो । सब क्लासमा मान्छे गलल हासे । बल्ल बल्ल साथिहरुले ताने । सुम्निमा र म त्यो पिरियड बाहिरै बस्यौ । म रुदै सुम्निमा ले नरोइ भन्दै ।
एकोहोरो मायामा डुब्नुको मजा पनि छुट्टै हुडो रहेछ । मलाइ सण्तुस्टी मिल्थ्यो उ हासेको हेर्दा बोलेको हेर्दा खेलेको हेर्दा । तर रिस उठ्थ्यो केटिहरु संग बोल्दा । केटिहरु खुब मस्केर बोल्थ्यो उ संग । उ संग बोलेकै झोकमा म केटिहरु संग बोल्दिन थिए । निहु
भने हावा हावा कुराको बनाइदिथे ।
एकदिन एउटिले हास्दै उसलाई प्याट्ट पिटि मेरो त ज्यानै रनक्क रन्क्यो । मलाइ सुबोध दादाले क्या दामी पेन दिनुभाथ्यो त्यो हरायो भन्दै खोजे झैं गरें । अनि उसको ब्यागमा भेट्टाए झै अनि त के थियो गएर भुताल्व मजाले । तिमी पत्याउदैनौ होला उसको एकमुट्ठि कपाल मेरो हातमा थियो ।
Will you be my first customer??

त्यसपछि घरबाट बा आमा बोलाए । घर लगेर दुइ थप्पड हाने बस । न सोधे किन झगडा गरिस न सम्झाए बस हाने बाउ आमाको कर्तव्य पूरा भो । त्यति बेला सोध्थे भने मैले भन्थे पनि होला अनि आज यस्तो हुन बाट बच्थे कि??
म एउटा सामान्य परिवारको मान्छे तर आफुले जे भन्यो त्यही पाएको मान्छे । मेरो बाबाको 3 जना दाजुभाइ ति तिनमध्य मेरो बाबाको मात्र छोरी भएको यानिकी 6 ओटा दाइको म मात्र एउटा बहिनी ।
ठुलबाको 2 ओटा छोरा सुबोध र सुनिल माइला बाको तिनटा छोरा सुबेश सुशिल सुबास अनि कान्छो यानिकी मेरो बाबाको सुनिल अनि म सुबिधा ।
हामी सबको नाम सु बाट आउँछ हाम्रो आमाहरुले मिलाएका रे। मेरो नाम ठुलबाको छोराले राख्दिनु भाको सुबोध दादाले आफ्नो नामबाट तर मलाइ बोलाउदा सब सुना भन्थे ।
मलाई सब भन्दा माया गर्नी सुबोध दादाले । दादा उतिबेला जापान हुनुहुन्थ्यो । नत्र मलाइ पिट्ने हिम्मत कहाँ कसैको?? रोए रातभरी खाना बोलाउन उठाउदा नि उठिन ।
माइला बाको छोरा सुबास लाइ कन्याराशी भन्थे केटि घुमाको घुमाइ गर्ने भएर । यो कुरा याद गर सुबास दाइ संग जोडिएर नै सब विध्वंस भएको छ ।
एकदिन म स्कुल बाट एक्लै फर्कदै थिए । स्वप्निल र उसका साथिहरु साइकलमा कता जादै थिए । एउटा केटाले मेरो कपाल तान्यो । स्वप्निल उसको पछाडी पछाडी थियो । उ अगाडि गइहाल्यो म रुनु न हास्नु भए । स्वप्निल साइकल कुदाउदै गयो अनि त्यो साइकल वालालाइ लडाइदियो । मलाइ कत्ती मजा आयो । एक त मलाइ जिस्काउने मान्छे लड्यो अर्को मैले गर्दा रेस्टिकेट भएर पनि उसले मलाइ माया गर्न छोडेको रैनछ भनेर थाहा पाएर । म त्यो दिन नाच्दै नाच्दै घर गएकी थिए ।
त्यसपछी एस एल सि दिइयो । अन्तिम दिन उसले पनि मेरो सर्टमा लेख्दियो love swapnil .... मैले त्यसलाइ कबोर्डमा राखे सजाएर ।
त्यसपछी उ सि एस इ मा कम्प्युटर पढ्छ रे सुने अनि मैले पनि कम्प्युटर पढ्ने जिद्दी गरेर म पनि पढ्न गए । उसकै कोर्स उसकै टाइम सब एकै बनाए । यो कम्प्युटर क्लासले काम गर्यो मलाइ देख्दा पर पर भाग्ने मान्छे आजकल मलाई देखेर मुस्काउन लागेको थियो । हाइ सन्चै छौ सम्म बोल्न लागेको थियो ।
मलाई आजपनी लाग्छ कि सायद म पागल मान्छे हो । जे भन्यो त्यही जस्तो सुकै हालतमा चाहिन्थ्यो । अझ स्वप्निललाइ पाउन त म जे पनि गर्न तैयार थिए । यस्तै बोल्दा बोल्दै 3 महिना सकियो । अनि उ काठमाडौ पढ्न जाने रे भन्ने खबर पाए ।
घर आएर म पनि पढ्न जान्छु भने मानेनन । 2/3 दिन भात नखादा पनि हुन्छ भनेनन । मेरो पालो पत्तिले हात काटिदिए । कस्सम त्यति रुवाबासी मैले कोहि मान्छे मर्दा पनि भाको थाहा पाएको थिइन होला । दाइहरु त ग्वा कि ग्वा रुदै थिए ।
सुबोध दाइले फोन गरेर रुनुभयो । मलाइ एक शब्द गाली नगर्ने अनि काठमाडौ पठाइदिनु भन्नुभयो । जा भनेको भए म हस्पिटलको बेडबाटै दकुर्दै काठमाडौ पुग्थें होला । मैले मेरो परिवारको यति माया कहिल्यै देखिन जहिले पनि स्वप्निल मात्र भनिरहे।
म काठमाडौ गए एक्लै । कोहि न आउन मैले नै भनेको थिए । दाइहरु पत्तिले हात काटेदेखी डराउथे जे भने पनि मान्थे । मैले सबजना अहिले नै मरओ भनेको भए पनि उनिहरु मर्थे होलान के
त्यति माया गर्थे उनिहरु मलाइ । तिमी पत्याउनौ होला कोहि नि पत्याउन्न । म जस्ता केटिका कुरा पत्याओस ।
उ पढ्ने कलेज को बारेमा पत्ता लगाए । दाइहरुले को को संग कुरा गरेर कलेजकै नजिक कोठा खोज्दिए भाडामा ।
एड्मिसन गरे अनि कलेज जान लागे 2/3 दिन सम्म उ कलेजमा देखा परेन । कतै गलत कलेजमा त एडमिसन गरिन मलाइ डर लाग्न थालेको थियो । प्रेमले मानिसलाइ कमजोर बनाउछ भने साहासी पनि बनाउदो रहेछ ।
मैले चिफ सरकहा गएर लिस्ट चेक गरे उसले भर्ना गरेको रहेछ तर कि उ किन आएन?? बिरामि भयो कि?? आउदा आउदै एक्सिडेन्ट पर्यो कि?? आएकै छैन कि?? कतै उसले म यो कलेजमा आएको थाहा त पाएन?? मनभरी प्रशहरुको भकारी थियो जबाब थियो मात्र उ ।।
Will you be my first customer?

मलाइ थकथक लाग्न थालेको थियो । हे भगवान के गरौ?? अब उसलाइ कहाँ खोज्न जाउ??म अल्मलिरहे । बिहान बिहान जागर नलागी उठे । सुबोध दादाले फोन गर्नु भयो । झ्याउ लागिरहेथ्यो उठाइन । अनि रेडि भएर कलेज लागे ।
उ आयो । उ संगै मेरो जिन्दगीमा बहार आयो । म उ भयको एक बेन्च या दुई बेन्च पछाडी बस्थे।मुस्कान साटासाट बोलाबोल मा भयको थियो।यसरी दिनहरु बित्दै थिय । दिनभर कलेजमा उसको साथ रातमा उस्को सपना मेरा दिनहरु मज्जाले बित्थ्यो ।
एकदिन म जादा उ क्लास मा आयको थियन।म लास्ट बेन्चमा फर्कदा उ last बेन्च मा नै बसिरहेको थियो ।म मस्किए।गयर बेन्चमा बसे।उ साइडमा बसेकोले अलिकती खुल्दुली भएको थियोे ।अनौठो feeling थियो,त्यो जति बर्णन गरेपनी सब्दहरुमा कम हुन जान्छन ती feelings को लागि।त्यो दिन त्यत्तिकै भयो।
भोलिपल्ट जादा उ लास्ट मा बेन्चमा बसिरहेको थियो तर म त्यहा बसिन अगाडिको खाली बेन्चमा गएर बसिदिए । 2nd पिरियडमा उ पनि आएर म संग नै बस्यो । यस्तो लाग्यो कि उ मेरो पिछा गर्दैछ या सायद उसको मनको माया मरेको छैन य सायद उसको नया चाहनाले उसलाई म तर्फ डोर्याउदै थियो जे थियो मेरो लागि खास थियो । यहि त मेरो चाहना थियो कि उसको पनि म चाहना बनु सायद यहि हुँदै थियो ।
दिनहरु बित्दै जादा हामी लास्ट बेन्चमा संगै बस्न लाग्यौ । म कुनै अर्को बेन्चमा गए भने उ पनि त्यही आएर बसिदिन्थ्यो या म बाहिर गएको बेला मेरो ब्याग उसको संगै रराखिदिन्थ्यो । मेरा कोहि साथी थिएनन या मैले बनाउनै चाहिन भनौ । त्यसैले जहाँ गएर बसेपनी कसैलाई मेरो मतलब थिएन । उ किन हो कुन्नी अरु बेलामा साथि संगै हुन्थ्यो क्लासमा चाहिँ म संग बस्नु पर्ने रे ।
एकदिन म बाथरुम गएकी थिए क्लासमा आउदा ब्याग राखेको ठाउमा थिएन । जताततै खोजे अंह ब्याग भेटिन । मैले खोइ उसलाई कसरि बिर्सिए कुन्नि ? हार मानेर म रुन लागे कति गरेर किनेको किताबहरु कसले लग्दियो होला?? कसले हो चिफ सरलाइ कुरा लगाइदिएछ फेरि । सर रुममा आउनु भयो ।
मेरो ब्याग त उसको ब्याग मुनि पो रैछ । उसैले ल्याएर दियो मैले सुक्क सुक्क गर्दै लिए । उसले मलाइ घुडा टेकेर सबको अगाडि माफी माग्नुपर्ने सजाय पायो । मलाई लाग्यो अब हाम्रो मित्रता खतम😑😑😑 मलाइ अझै बेस्सरी रुन मन लाग्यो ।तर अब के भनेर रुनु । तर थाम्नै सकिन । ब्यागमा घोप्टो परेर रोइदिए सर एब्सेन्ट हुनुहुन्थ्यो सबै जना आ आफ्ना पारामा थिए । सबले एकोहोरो मलाइ हेरे होलान ।
" ओए के भो??" उसको आवाज सुने मलाइ झन भक्कानो फुटेर आयो । म दकुर्दै बाथरुममा गए धोको फेरेर रोएर आए । म कहिले देखि उसको लागि यति पागल हुन पुगेछु मलाइ पत्तै थिएन । उ नबोल्ने डरले मलाइ यति हुँदै थियो भने उ टाढिदा के होला?? म कल्पना पनि गर्न सक्दिन थिए । मुख धोए अनि क्लासमा आए उ मेरो ब्यागको आडैमा उभिएको थियो ।
"r u fine?" उसले सोध्यो ।
" yeah I m " मैले भने ।
" sorry के" भन्दै उसले मेरो हात समात्यो । मैले उसको आखामा हेरे उसको आखाभरि टिलपिल आँसु थियो
यसरि बेन्चमा संगै बसिरहदा उ कपाल तान्दिन्थ्यो । ढाड कोटट्याउथ्यो अनेक हर्कत गरिरहन्थ्यो । म केही रियाक्सन दिन्न थिए ।एकदिन उसले आज कलेज बंक हानेर घुम्न जाउ भन्यो मैले नमान्ने त कुरै भएन ।
हामी कलेज बंक हानेर स्वयम्भु गयौ । हामी हिडिरहेका थियौ संग संगै । मेरो हातमा केही सलबलाएको आभास भयो । काउकुती लागे जस्तो न कस्तो न कस्तो भयो ।मलाई मैले हात तिर हेरे । उसले बिस्तारै आफ्नो औला लिएर आएको रैछ मेरो हात तिर । बिस्तारै उसले मेरो हात समात्यो मेरा औलाहरुका बिचमा उसका औलाहरुले ठाउँ पाए सायद उसको जिन्दगिमा मैले पनि । उसका हातले मात्र हातमा छुनुले पनि मेरो ज्यानना काडा उमार्यो । यो मेरो लागि खास छ भनेर सोच्दा उसको स्पर्शले ल्याउने तरंग अनौठो हुदो रहेछ । उसको हात समातेर हिड्दा संसार जित्छु जस्तो लागेको थियो । हामी यसरी नै कलेज बंक हान्थ्यौ घुम्न जान्थ्यौ तर धेरै होइन । किनकी उ पढाईमा सिरियस थियो । घुम्यो खायो हात समायो डुल्यो फर्क्यो ।
उसंग घुम्न जान त मजा लाग्थ्यो तर उसले पर्पोज नगरेकोले अफ्ट्यारो लाग्थ्यो । कतै उसले मलाइ साथी मात्र सोच्ने त होइन यो सोचिरहदा म सोच्नै नसक्ने हालतमा पुग्थे । उसले हात समातेको हिडेको उसको ब्यबहारले माया नै दर्शाए झै लाग्थ्यो ।तर उसले मलाइ न्यारो माइन्डिड साथिमा त यस्तो त भैहाल्छ भन्यो भने ?? यहि डरले म रातभर सुत्न सक्दिन थिए ।
आइतबारको दिन म घरमै थिए । कलेजको को हो कुन्नि माथि गएर(बितेर) विदा गरिएको थियो ।। उसको फोन आयो गार्डेन अफ डृम्स जाने रे । काम थियो नाइ भने । उसले जिद्दी गर्न लाग्यो । उसका अघि त जहिले पनि त कमजोर हुन्थे आज हुनु कुन नौलो कुरा थियो र? लुगा लगाएर गए । ठ्याक्कै गेट्मा उ भेटियो ।
दिउसोको समय अनि अफिस टाइम भएको भएर होला त्यति मान्छे थिएनन । हामी माथी जान खुड्किलाहरु चढ्न लाग्यौ । म अघि।अघि थिए उ मेरो पछि पछि थियो ।
उसले मेरो हात समात्यो । म रोकिए । 
"के भो?"मैले सोधे । उसले एउटा घुडा खुम्च्यायो र भुइमा राख्यो अनि अर्को खुट्टा खुम्च्याएर टेक्यो । अनि खै कहाँ थियो गुलाब फूल उसको हातमा थियो अहिले चाहिँ । म त लागिरहेथ्यो कतै यो सपना त होइन?? साच्चैकै उ मलाइ पर्पोज गर्दै थियो ।
मेरा आखाभरी आशु भरिए । मैले 2 बर्स देखि जुन मान्छेलाइ अनबरत रुपम चाहेकी छु । उ पनि मलाइ चाहाने दाबी गर्दैछ मलाइ खुशी राख्छु भन्दैछ हर बाचा कसम निभाउछु भन्दैछ । मैले त्यो फूल लिए । उसलाई I love u too भन्दा मेरो ओठ कपकपाए ।
उसले मलाइ अगांलो हाल्यो । मेरो जिउ नै सिरिङ भयो । पिङ खेल्दा भए झै सिरिङ ।उसले अगांलोमा यसरी कसेको थियो जिन्दगीभर नछोडोस । खै किन मेरो छाती अलिअली दुखे जस्तो गर्दै थियो ।
उसले अगांलो हटायो । आफ्न दुबै हातले मेरो दुबै हात समायो अनि मेरो नजिक आयो । मेरो मुटुको धड्कन यति छिटो र जोडले धकधक गर्दै थियो कि बाहिरको मान्छेले नि सुनोस ।
उ अझै नजिक आयो । मेरो छाती र उसको छाती टासियो । उसको सास र मेरो सास मिसियो । मेरो ओठ मुखै सुक्यो ।उसका ओठले मेरो ओठमा छोएपछि मेरो त होसै हरायो । हाम्रा ओठ र जिब्रोहरु एक अर्का संग चलमलाए नजिकिए खेले रमाए । जानी नजानी मैले मेरो जिन्दगिको पहिलो टंग किस गरें ।
"उसले फर्स्ट टाइम हो ?" भनेर सोध्यो मैले" हो "भने । "त्यहिभएर" भन्दै उ हास्यो । "तिम्रो फर्स्ट टाइम होइन??" मैले सोधे उसले अचम्म माने झै मलाइ हेर्यो अनि भन्यो "हैन "। मेरो मुटुमा च्वास्स बिझ्यो । तर केही बोल्न सकिन म भन्थे पनि के भन्थे??
आसाहरुको पहाड बोकेर हिड्दा निरासाका झिना मसिना काडाले घोचिरहन्छ आफैले सम्झाए आफैलाइ ।। उसलाई दिनदिनै किस गर्नुपर्थ्यो म भन्थे कस्तो पर्भट होला । उ खिस्स हास्थ्यो । पर्भट्लाइ अरु नै धेरै चाहिन्छ थाहा छ कि छैन उ भन्थ्यो छैन भन्दै म रिसाएर हिडिदिन्थे । उसले जिस्किदा जिस्किदै कति पटक आग्रह गरिसकेको थियो सेक्सको लागि म टार्दै आइरहेकी थिए । के रिलेसन्सिपमा बसेपछी सेक्स यति जरुरी छ र? म सोच्थे कहिलेकाही उसलाइ पनि भन्थे छ नि उ भन्थ्यो । कहिलेकाही किस गर्द गर्दै उ आफ्ना हात मेर छातिमा लान्थ्यो म उसका हात झट्कारिदिन्थे यसरी नै आग्रहका र नकारोक्तिका दिनहरु चलिरहे ।
11 को इक्जाम भ्याइयो । उसले म राती आउछु भनेको थियो नकार्न सकिन । मनभरी खटपटी भइरह्यो के हुने हो?? कसो हुने हो?? उसको र मेरो दुबैको लागि खाना बनाए ।
कोठाको ढोकामा ढकढक बज्ने बित्तिकै मेरो सातो पुत्लो उड्यो । ढोका खोले उ मुस्काउदै उभिरहेको थियो । उ भित्र आयो । मैले पानी लिएर आए उ मलाइ एकोहोरो हेर्दै थियो । मलाइ हेर्दै पानी पियो । चिया बनाउन लागे उसलाइ खानाको सट्टामा पनि चिया दिए हुन्थ्यो ।
"कस्तो तिम्लाइ माग्न आको जस्तो feel भयो पानि लिएर आयौ फेरि चिया । "मलाइ केही बोल्नै आएन ।
"यो चिया भन्दा ती ओठ कति मिठा छन "भन्दै उसले चिया सुरुप्प पार्यो । चिया सकिएपछि उ पनि चुप म पनि चुप । सायद उसले मेसो पाएन होला कसरी सुरु गरु भनेर म त डराइरहेकी थिए के बोल्नु?? के गर्नु?
चियाको भाडा माझ्न लागेकी थिए उसले पछाडी छोडिरहेको कपाल अगाडि रखिदियो औलाको सहाराले मलाइ थाहा थिएन महिलालाइ पगाल्न पुरुशका हातका औल काफी हुन्छन भनेर । उसको औलाको छुवाइले नै म पानी पानी भैसकेकी थिए । उसले घाटिमा किस गर्यो चिसो सिरेटोले मुटु कमायो । उसले मलाइ बोक्यो अनि खाटमा लगेर सुतायो अनि बिस्तारै मेरा शरिरका विभिन्न भागमा उसका हात सलबलाउन लागे ।
उसले लाइट अफ गर्यो । केहि छिनमै हामी निर्बस्त्र भयौ । मलाइ दुख्न लाग्यो बरबरी आँसु झर्यो म चाहान्न थे कि उसलाई थाहा होस मलाइ दुखेको म जति सक्दो सहने कोसिस गर्दै थिए । मलाइ मर्नु हुन लाग्यो
"स्वप्निल भएन?? "मैले भने
"किन?? "उसले स्वा स्वा गर्दै भन्यो ।
"अत्ति दुख्यो के" मैले भने । 
उ मेरो शरिरबाट ओर्लियो । निधारमा किस गर्यो । त्यतिले पनि मैले कति आधार महसुस गरे मैले शब्दमा वर्णन गर्न सक्दिन ।
म नुहाएर आए अनि उसले खाना तताएर ल्यायो हामी दुबैले खायौ । खाना खाएर भाडा पनि उसैले माझ्यो । एउटा केटिलाइ यहाँ भन्दा कति चाहियो उसको मान्छेले उसलाइ यति केयर गर्दै थियो । बिस्तारामा पल्टियौ हामी दुबै उसले सुना फेरि न भन्यो । नाइ के मैले भने । त्यही पनि उ सुरु भयो किस गर्न लाग्यो मैले उसलाई रोक्नै सकिन ।
एकैछिन पछि त मेरो होसै हरायो । सुना सुना म उठ्दा उसले बोलाइरहेको थियो ।म बेहोस पो भएछु । लाइट अन भएकोले देखे मेरो बिस्तारा रगताम्मे थियो ।
"स्वप्निल के भाको ?? यत्ती धेरै ब्लड म त मर्छु कि क्या हो" मैले उसलाइ भने ।
" केही होइन कसैको ब्लड हुन्छ के" उसले भन्यो ।
कसैको हुन्च मतलब क कसको भयो?? अनि क कसको चाहिँ भएन?? म उसको कति न.औमा परे ?? उसले यो भन्दा अगाडि कतिपटक सेक्स गर्यो?? दिमाग एकछिन घुम्यो तर घुमिरहन सकेन पिडाले शरिर नै भारी भएको थियो । पानी पिलाएर उसले मलाइ ब्लांकेट ओढाइदियो ।
बिहान उठ्दा उ थिएन मेरो साइडमा । कहाँ गयो?? मलाइ डर लाग्यो ।कतै उ मलाइ छोडेर त गएन?? मलाइ चिट चिट पसिना आउन लाग्यो । फोन खोजे कल गरे नेटओर्क बिजि भन्यो । हे प्रभु मलाइ रुन मन लाग्यो । उ पनि त त्यही केटामध्य रहेछ जो शरिरको मात्र भोगी हुन्छ म कहाँ जाउ?? के गरुं?? मैले त उसलाइ सम्पुर्ण रुपमा सुम्पिसकेकि थिए ।
कपडा लगाए होस हराएर होला टि सर्ट उल्टो लगाएछु पेन्ट भेट्टाउदै भेट्टाइन । पछि भेट्टाए लगाए टि सर्ट पनि सुल्टो लगाए ।खोइ के के कोचारे ब्यागमा आशु बरबर बगिरहेको थियो । बाहिर निस्कन पनि मन लागेन उ कोठाबाट पनि गयो होला मैले यहि सोचे । कोठामा बसेर ग्वा ग्वा रोए । आमा बाबालाइ पुकारे यो एक्लो कुना कोठामा म एक्लै छु । मलाई भनेर मार्न र मर्न तयार मेरा दाइहरु मेरो हालत देखि बेखबर छन ।
मलाइ जिन्दगी नै ब्यर्थ लाग्यो । रोइरहदा फोन बज्यो उसको फोन रहेछ । उसंग फोनमा पनि रोए । उ 5 मिनेटमा कोठामा आइपुग्यो । मलाइ लाग्यो मेरो मान्छे भन्दा राम्रो संसारमा कोहि छैन । 11 को इक्जाम दिएर हामी दुबै घर ( हेटौंडा )फर्कियौ संगै ।
उसको र मेरो दिनदिनै कुरा हुन्थ्यो घण्टौ कुरा हुन्थ्यो । मलाई लाग्थ्यो जिन्दगीभर म उ संग यतिकै बस्न सक्छु । घरबाट पनि हामी संगै फर्कियौ त्यो रात उ मेरै कोठामा बस्यो ।
दिनहरु बित्दै जादा उ रातमा आफ्नो कोठामा कम मेरो कोठामा ज्यादा हुन्थ्यो । म बिरामी हु मिन्स हु केही मतलब थिएन उसलाई । मलाइ उ संग बिछोडिने यति डर थियो कि म उसलाइ नाइ भन्न सक्दिन थिए । मैले उ बिनाको मेरो जिन्दगी कल्पना गर्ने पनि कल्पना गर्न सक्दिन थिए । मैले उसलाई नै जिबनसाथि मानेकि थिए ।
उसले एकदिन कुरा गर्दा गर्दै भन्यो "तिमी मेरो साथी संग एक रात बिताउ न रे" । म एकछिन त छागाबाट खसे जस्तो भए । 
"what?? के भन्यौ??" मैले भने । उसले एकछिन त केही बोल्नै सकेन । "उसले मलाइ मार्छु भन्या छ यार । डर लागेर यता आको" । उसले भन्यो ।
के त्यस्तो गर्यौ र? "मैले सोधे । पैसा लिएको थिए ।
" घर भन्या नि पैसा छैन रे" उसले भन्यो ।
" म संग छ कति हो भन ।" मैले सोधे 
"उसलाई तिमि नै चाहिने रे । "
"कस्तो म नै चाहिने रे?उ म कुनै बस्तु हु र?? चाहियो भन्ने?? "मैले चर्को स्वरले भने ।
"ल ल भोलि मेरो लास भेटिए खुशी हुनु" भन्दै उ कोठाबाट निस्केर हिड्यो । 
"स्वप्निल" भन्दै थिए ढोका ड्याम्म लाग्यो । गए जाउस मरुस सोचे ।
2/4 घण्टा बित्यो । न उसले फोन गर्यो न उसले म्यासेज गर्यो । म हडबडाउन लागेकी थिए उ कहाँ गयो?? हे प्रभु फोन लगाए फोन पनि उठाएन । कति म्यासेज गरें कुनै म्यासेजको रिप्लाइ आएन । okay I m ready मैले बडो साहास गरेर म्यासेज लेखे ।खोइ यसलाइ साहास भनौ कि के भनौ मुटु ड्याङ ड्याङ गर्दै थियो हात कामिरहेको थियो ।
oh baby u r so sweet I love u.. umma उसले म्यासेज पठायो । मैले त्यो मोबाइललाई लाख चोटो चुमे होला । मलाई थाहै थिएन म उसको लागि यति धेरै डेस्पेरेट भैसकेको रहेछु ।
राती खाना बनाएर खाए । लाग्यो उसले मलाइ जिस्काएको होला । मेरो मायाको चेकजाच गरेको होला । तर अब सुत्छु भनेर बिस्तारामा पल्टिएको मात्र थियो ढोका ढकढक गर्यो । मेरो मुटुले ढ्याक्ढ्याक ।
सब्बै कोठाको बत्ती निभाए । अनि बल्ल ढोका खोले । "सुना उप्रेती ?? "आवाज आयो । 
"उम हो "मैले भने ।
" अनि लाइट अन गर्न नभन्नुहोला म हजुरको अनुहार पनि हेर्न चाहान्न अनि हजुरलाइ मेरो अनुहार देखाउन पनि ।" मैले भने ।
उनको हात समातेर उनलाइ बेडरुम तर्फ लगे । मलाइ ती हात हात समात्दा कस्तो अनुभव भयो त्यो म शब्दमा वर्णन गर्न सक्दिन । म लास जस्तै बेडमा पल्टिरहे । आखाभरी झलझली उ आइरह्यो । ममि बाबा अंकल आण्टि दाइहरु सम्झे । आशु मात्र आइरह्यो । आफुलाइ बेश्या भन्दा कम देखिन मैले । सायद काम भ्याएर उ गयो । जिन्दगिको यो पल कुनै शत्रुले पनि भोग्न नपरोस मैले कामना गरें ।
उ गएपछी मैले स्वप्निललाइ फोन लगाए । सम्झे उ कसरी दकुर्दै आएको थियो अस्ति आज किन न आउला ?? उसले फोन उठायो स्वा स्वा गर्दै । "स्वप्निल "भन्ने बित्तिकै रुन आयो । 
"के भयो?? "उसले भन्यो? के भयो यो मैले उसलाइ भन्नुपर्ने हो ?? उसलाई थाहा छैन मलाइ के भएको छ?? उताबाट खित्खिताउदै हासेको आवाज आयो केटिको ।
" स्वप्निल तिमी केटि संग??" रुदै भने ।
"कस्तो तलतल लागेर खप्नै सकिन के "उसले भन्यो । उ कसरी यस्तो भन्न सक्छ त्यो पनि यति सजिलै??
"मन हेर्ने हो बेबि मन sex गर्दैमा तिमी अरुको म अरुको हुने भए त मैले पनि त तिमिलाइ छोड्नुपर्ने हो होइन र?? but I love ur heart not ur body.." उसले भन्यो । मलाइ थाहा थिएन I love your heart को अर्थ यसरि पनि लगाइदिन सकिन्छ । फोन काटिदिए । माथि फर्केर थु थु गरे आफ्नै अनुहारमा परोस भनेर । पर्यो पनि । म यति रोए यति रोए तिमी कल्पना पनि गर्न सक्दैनौ । माथी फर्केर थुक्दा देखिएको पंखाले मलाइ तान्यो ।
सुसाइड नोट लेखे आमा बा अनि प्यारा दाइहरु हजुरहरुले दिनुभएको मायाको लागि सधै कृतज्ञ रहनेछु । अब लाग्छ मैले जिउनुको कुनै मतलब छैन । मेरो मृत्युको जिम्मेवार मात्र म हुं । सबैमा धेरै माया । सुसाइड लेख्दा सम्म मलाइ त्यो मान्छेको माया लाग्यो जसले मलाइ यस्तो अवस्थामा ल्याइपुर्यायो ।मैले उसको नाम लेख्न्न सकिन सुसाइड नोटमा ।
एउटा कुर्ची ल्याएर ठ्याक्कै पंखा मुनि रांखे यता उति खोजे डोरि रहनेछ सल भेट्टाए । सललाइ कसेर बाधे पंखामा । सबलाइ फोन गरेर बोल्छु सोचेर तल झरे तर लाग्यो फेरि सबको माया लाग्नेछ मर्न मन लाग्ने छैन डर लाग्नेछ । अब मलाइ कुनै पनि हालतमा जिउनु थिएन । तल बसेर हेरिरहे पंखालाइ अनि त्यो बाधिएको सल लाइ कल्पना गरें झुन्डिरहेकि आफैलाइ ।गरिन फोन सोन चढे कुर्चिमा घाटिमा कसरी बाध्ने हो आउदै आएन बल्ल बल्ल बाने । खुट्टाले कुर्चि धकाल्नै लागेकी थिए चोर चोर हल्ला सुने । अब मलाइ यो सबको के मतलब भन्दै खुट्टा उचालेकि मात्र के थिए ढोकामा ढकढक सुनियो ।
सायद मलाइ अझै बाच्न मन भएर होला म ह्या भनेर ढोका नखोली मर्न सकिन । हत्तपत्त खुट्टा छोडेर कुर्ची धकाल्न सकिन । सबै मिलाएर ढोका खोले । घरबेटी र अरु अरु थिए । चोर आको रे मैले देख्न त देखिन सोधे देखिन मैले भने । राम्ररी बस्नु बाहिर ननिस्किनु केटिमान्छे ख्याल गर्नु भन्दै उनिहरु गए । म आफू मर्न नसकेको शोक मनाइरहे ।खै किन त्यसपछी मैले मर्नि वारेमा पनि सोच्न सकिन ।
2/3 दिन भइसकेको थियो मैले उसलाई फोन म्यासेज केही नगरेको या भनौ मोबाइल कहाँ छ पनि मलाइ थाहा नभएको । आमा बाबा दाइहरुले पनि फोन गरेका होलान कति चिन्ता भा होला । भउस म कुन हालतमा छु कसलाइ थाहा छ?? थाहा हुनलाइ उनिहरुको गल्ति नि हुनुपर्य्यो नि आफै खाल्टोमा जाकिने अनि??
कस्तो भोक लाग्यो बाचेको मान्छेलाइ लागिहाल्छ मरेको भए आनन्दै हुन्थ्यो । खाना पनि बनाउने जागर थिएन बाहिर निस्कन मन पनि थिएन । बल्ल तल्ल बाहिर निस्के होटलमा गएर आधी प्लेट चाउमिन पेटमा धकेलें । अनि कोठामा फर्किए ।
कोठा खुल्लै थियो चापी लगाएर गएकी थिए त जादा?? अस्ति रातिको चोए आज आएछ कि के हो मेरोमा?? भन्दै सुस्तरी ढोका खोले । मैले जे देखे त्यो shocking थियो । भित्र उ थियो । म भित्र जान नि सकिन बाहिर निस्कन नि सकिन । उसले तानेर भित्र लग्यो ।
उसलाई देख्ने बित्तिकै के भयो । आखाबाट आशुहरु उर्लिएर आए ।उसले अगांलो हाल्यो । भन्दै थियो" किन कल रिसिभ नगरेको के भयो मलाइ किन यति दुख देको म त पागल जस्तो भाको थिएं ।" मैले उसलाई धकेले उ बेस्सरी नै लड्यो भुइमा ।
"तिम्लाइ लाज लाग्दैन है के भयो भनेर सोध्न??बिचरा कति दुख भयो तिम्लाइ च्व च्व च्व मलाइ कति दुख्यो थाहा छ?? मलाइ लाज लाग्छ आफैलाइ एनामा हेर्न यो भयो । म घर फर्केर जाने हिम्मत गर्न सकिन यो भयो । अनि म यो ठाउमा बस्न सक्दिन यो भयो । अनि मर्छु भन्दा त्यो खाते चोरले दिएन त्यो भयो । अब थाहा भयो के भयो । यत्ती भाको हो केही भा होइन । तिमी गए हुन्छ ।" मैले चिच्याउदै भने ।
उसले मेरो खुट्टा समायो अनि रुदै भन्यो" म बाच्न सक्दिन तिमी बिना थाहा छ मैले गल्ती गरें तर मलाई माफ गरिदेउ म तिमिलाइ यति माया गर्छु कि म तिम्रो लागि जे पनि गर्न सक्छु । "
उसले भन्यो "जाउ मर "म चिच्याए । उसले आखाभरी आँसु बोकेर मलाइ हेर्यो हे भगवान किन उसले मलाइ यसरी हेर्यो म कमजोर हुदै गए ।
म कसरी उसलाइ रुवाउन सक्छु ?? आफैले आफैलाइ प्रश्न गरें । उसले हात उठायो उसको कुइनामा चोट लागेको थियो । रगत बहदै थियो ।मैले आफुलाइ थाम्नै सकिन उसको नजिक गएर उसको हातमा फु फु गर्न लागे । म त्यो मान्छेको 2 थोपा रगत झर्दा पग्लिए जसले मेरो पुरै बिस्तारा रगताम्मे हुदा पनि मलाइ दुख्यो होला सोचेन ।
उसको घाउमा मलम लगाइदिए । हामी दुबै रोयौ संगै बसेर यस्तो लाग्यो जिन्दगिमा रुनुले पनि यति मिठास ल्याउछ भने म जिन्दगिभर रुन तैयार छु । अब मर्ने चाह मरिसकेको थियो बाच्ने चाहाले जन्म लिएको थियो ।
इक्जाम आउन लागेको थियो । उसले भन्यो कि कोठामा पार्टी छ आउ है म पनि गएं । तर त्यहा केटि कोहि थिएनन सबै केटा केटि थिए । आउछन के ढिलो भा होला उसले भनिरह्यो म पत्याइरहे ।
उसले बेडरुममा जाउ भन्यो म गए ।सोचे केटा हरुको बिचमा म एक्लै केटि के गर्ने हो र मैले?? उ फेरि सुरु भयो ऐले भने बाहिर सब साथिहरु छन । उसले भन्यी सब नाच्दैछन हास्दैछ केही हुन्न के । सायद मलाइ नि चाहना पलाएको हुदो हो मैले माने । उ कपडा लगाएर बाहिर निस्क्यो । म कपडा लगाउदै थिए 2/3 जना केटाहरु भित्र पसे म ब्लांकेट भित्र लुकें ।
"बाहिर निस्के पनि केही हुन्न "एउटाले भन्यो ।
"what nonsense ?? स्वप्निल "भन्दै म चिच्याए । 
"उसले तलाइ बेचिसक्यो आजको रातको लागि उ अब आउदैन" अर्को बोल्यो । मैले के गर्ने के गर्ने मेसो पाइन । उनिहरुले मेरो हात खुट्टा बानिदिए ।म छटपटाइरहे ।
"ए यसले त हाम्रो अनुहार नि हेर्न चाहादिन र आफ्नो अनुहार नि देखाउन चाहान्न लाइट अफ गरओ" अर्कोले भन्यो । लाइट बन्द भयो ।
त्यसपछि म माथि कति चढे कति झरे गिन्ती नै भएन । मेरो शरिरको स्वामित्व म मा थिएन उनिहरुको भइसकेको थियो । उनिहरु चिथोर्थे निचोर्थे सायद रगत पनि बगिरहेको थियो होला शरिरबाट । भजाइनाले दुखाइको हद नाघेको थियो । म बेहोस हुँदै होसमा आउदै गर्दै थिए ।
एकचोटि होसमा आउदा आवाजले लाग्यो सुबास दाइ हो । मेरो दाइ मेरो शरिरमाथी छ मेरो यो रेप गर्दैछ यो कल्पना गर्द पनि केटिहरुको मुटु काम्छ । म भोग्दै थिए मलाइ कस्तो भयो होला। मलाइ चिच्याउन मन लाग्यो भन्न मन लाग्यो दाइ न सुना हो हजुरको सुना जसको लागि हजुर ज्यान पनि हाजिर छ भन्नुहुन्छ । दाइ म त्यहि सुना हो । तर अंह म बोल्न सकिन शब्दहरु घाटिमै बरफ जमे झै जमिदिए । शरीर त यसै हल न चल थियो नै ।फेरि बेहोस भएछु । होसमा आउदा म माथि कोहि थिएन । हात खुट्टा खोलिएका थिए ।
म कपडा लगाएर बल्ल तल्ल कोठामा फर्के । मलाइ 1 सेकेन्ड पनि याद छैन कि म के भएर फर्के कसरी फर्के त्यस्तो शरीर लिएर । कोठामा आएर ढोका लगाए बत्ति अन गर्दा मलाई birthday wish गर्न तैयार मेरो परिवार मेरो अगाडि थियो ।

"सुना के भो कसले गयो यस्तो"सुबोध दाइ आउनुभयो । मलाइ रुन मात्र आयो दाइलाइ अगांलो मारेर रोए । मलाइ suprise दिन आएको परिवार shocked भएको थियो ।
मलाइ खोइ किन यति भन्न आयो "सुबास दाइ सुबास दाइ "खै किन भन्न आयो बस भन्न आयो । सुबोध दाइले एकथप्पड हान्नुभो सुबास दाइलाइ ।
" मैले के गरे मैले छोको पनि छैन "उनले भने ।
" नानी भन त मैले तलाइ किन त्यस्तो गर्थे छि मलाइ सोच्दा नि घिन लाग्छ । सुना भन न मैले होइन? ओए" दाइले रुदै मलाइ बोलाउदै थिए सब सुनेर पनि केही गर्न सकिरहेकी थिइन न त हलचल गर्न नै सकेकी थिए म । म एक्लै ढोकामा थिए अरु सब वाल्लै थिए ।
"अघि नै कहाँ गएर आइस ल भन के गर्न गएको ल भन के काम गर्न गैस साले तलाइ आफ्नो बहिनिको माया लागेन ??" दाइ रिसले चुर हुनुभएको थियो ।
एकछिनमा के भयो मलाइ याद छैन । कानमा सुबोध दाइ चिच्याएको आवाज आयो आँखा बल्ल बल्ल खोले सुबास दाइको हातमा चक्कु थियो । सुबोध दाइ तल भुइमा लड्नु भएको थियो रगतको खोला बगेको थियो ।
म पछि ब्युझदा म हस्पिटलमा थिए । म संग आमा हुनुहुन्थ्यो । पुलिसले बयान लियो मेरो । आमाले पहिल्यै भन्नुभाथ्यो दाइले मेरो रेप गरेको नभनेस भनेर भनिन पनि । सुबोध दाइ आइ सि यु मा हुनुहुन्थ्यो रे सुबास दाइ जेलमा । ठुलबाबालाइ पनि हर्ट अट्याक आएर आइ सि यु मा नै राखेको छ रे । कोहि मेरो मुख पनि हेर्न चाहान्न रे आमाले रुदै भन्नुभयो । बाबाले त अब मेरो लागि छोरी मरि भन्नुभयो रे ।
आमाले 25000 जति थियो होला पैसा दिनुभयो अनि आफ्नो सब लगाएको सुन पनि दिनुभयो अनि भन्नू भयो यहाबाट भाग कतिबेला कसले तलाइ के गर्ने हो केही थाहा छैन । मैले कति भने म मर्छु तर यहि बस्छु । आमाको कसम खाएपछि म मजबुर भएं । भागेर 1 महिना अघि यहाँ आएकी हुं । एक महिना उतै डुलेर । पत्रीका पढेकी थिए सुबोध दाइ बित्नु भएछ । सुबास दाइले जेलमै पासो लगाउनु भएछ । यति पढेपछी त मलसी बाच्नै मन लागेन। तिम्लाइ थाहा छ भगवान मलाइ मार्न चाहादैन म चितवन आउनुको कारण नै नारायणी हो । किन किन लाग्यो यहि आएर मर्नु छ । मिन्स भाको थिइन अस्ति तिम्लाइ भेट्न आक दिन हस्पिटल जादा पत्ता लाग्यो म pregnant छु रे । मलाइ खै किन लाग्छ यो बच्चा सुबास दाइको हो अनि मेरो बाच्ने सहारा पनि । अब मलाइ यसलाइ ठूलो बनाउनु छ । म त मरे मरे यसलाई मार्न मन लागेन । आमाले दिएको पैसा पनि छैन सबै सिध्धियो । "
"अनि तिम्ले के business गर्ने भन्छु भन्दै थ्यौ त?? " उसले पैसा नभइकन के बिजनेस गर्ली?? खोइ?? म छक्कै परें ।
"call girl बन्ने अब देह व्यापार गर्ने । आफ्नो त qualification नै त्यही छ । पहिला जबर्जस्ती भयो अब पैसाको लागि गर्छु । थाहा छैन कसरी गर्छु के गरेर गर्छु मेरो बच्चालाई मर्न दिन्न । आज राती पनि खाना खाने पैसा पनि छैन म संग । भोकै बसे भने मेरो बच्चा पनि भोकै हुन्छ ।" उसले आखाभरी आँसु पारी अनि जे भनी त्यसको त मैले कल्पना सम्म पनि गरेको थिइन । उसले भनी "will you be my first customer ??"

- समाप्त-

- Saru Kandel
Share:

0 comments:

Post a Comment

Connect with us in Facebook

Popular Posts