Sports,Education,Entertainments,Technology and many more

Sunday, January 10, 2016

मंगेतरसँग लेडी गागाको न्यूड सेल्फी

जब, हलिउडकी सर्वाधिक चर्चित र विवादस्पद गायिका लेडी गागा कुनै न कुनै हर्कत गर्छिन्, त्यसले चर्चा पाउँछ नै । लेडी गागा विशेषगरि, आफ्नो पहिरन र न्यूड तस्बिरका कारण चर्चामा छिन् । उनै गागाले फेरि अर्को यस्तै चर्चा कमाउने बाटो रोजेकी छिन् ।

उनै गागाले आफ्ना मंगेतर टेलर किनेको साथमा एउटा फोटोसुट गरेकी छिन् । जुन फोटोसुटमा यी दुबैजना न्यूड छन् । रंगले पोतिएको क्यानभासमा गरिएको यो फोटोसुटमा किनेले सेल्फी लिइरहेका छन् । यो तस्बिर भी म्यागेजिनका लागि लिइएको हो ।

लेडी गागाका अनुसार यस्तो तस्बिर खिचाउने तरिका किनेले नै दिएका थिए । आफूसँगको पहिलो भेटमा किनेले आफ्नो शरीर पुरै रंगले पोतेको गागाको भनाई छ । किनेले आफूसँग क्यानभासमा प्रेम गर्न चाहेको गागाको भनाई छ ।

यो तस्बिर अहिले भाइरल बनिरहेको छ । भी म्यागेजिनको जनवरी अंकको कभरमा यो तस्बिर समावेश गरिएको छ ।


Share:

0 comments:

Post a Comment

Connect with us in Facebook

Popular Posts