Sports,Education,Entertainments,Technology and many more

Sunday, February 17, 2013

Nepali Love Letter for Valentine Day

 Nepali Love Letter for Valentine Day


प्रिय valentine,
जनम् जनम् को माया अनि न्यानो सम्झना केवल
तिम्रो लागी।
आराम छु, आरामताको कामना गर्दछु।
यो स्वार्थी संसारको छाँयामुनी रहेर केवल
तिम्रो सम्झनामा तड्पिरएको छु,
अनि सम्झनाको कोशेली स्वरुप तिमीलाई
एउटा पत्र लेख्न लाग्दै छु। खै कहाँबाट शुरु
गरौ माया का कुराहरु, ह्रिदयबाट बाहिर आउन
खोज्छ तर गलामा आएर अड्किन्छ। किन किन
आजभोली तिम्रो नाम सम्झिदा पनि धेरै
पछि सानो बच्चाले आफ्नो आमाको न्यानो काख
पाएर रमाएजस्तै मेरो मन रमाउँछ। जुन दिन
देखि तिमीसँग अन्लाईनमा भेट भयो त्यो दिन
देखि मेरो दिनचर्या पनि अर्कै हुन थालेको छ।आजसम्म तिमीसँग प्रत्यक्ष भेट भएको त छैन, तर
पनि तिमीलाई
बर्षौदेखिको पुरानो साथी जस्तो लाग्छ।
त्यसैले त मेरा मनका सबै कुराहरु तिमीसँग भन्न मन
लाग्छ। आज भ्यालेन्टाईन डे त्यसैले
valentine को नाममा तिमीलाई मैले
जिन्दगीमा पहिलो चोटि प्रेम पत्र लेख्दै छु।
अनि यो प्रेम भिखारी तिमी समक्ष प्रेमको हात
अघि सारेको छु। आशा छ अवश्यपनि तिमीले
यो प्रेम भिखारीलाई खाली हात फर्काउने Chainau
भन्ने। हुनत प्रेम यात्राको बिचमा विभिन्न
बाधा अवरोधहरु आउने गर्दछ। तर हामीले
ती बाधा अवरोधहरुलाई पन्छाउँदै हाम्रो प्रेम
यात्रालाई सफल बनाउन एक
आपसमा विश्वासको साथ अघि बढ्नु पर्छ। स्वच्छ
प्रेममा प्राप्ती मात्र होईन त्याग र वलिदान
पनि हुनुपर्छ। मलाई विस्वास छ
हाम्रो यो प्रेमले एक दिन पुर्ण रुप लिनेछ।
अन्तमा तिम्रो मिठो सम्झनाको साथमा पत्र
यही अन्त्य गर्छु। ह्याप्पी भ्यालेन्टाईन डे......!

IF you have loveletter like this.Please dont forget to Drop comment in Comment Box..
Share:

0 comments:

Post a Comment

Connect with us in Facebook

Popular Posts