पत्यौनुस वा नपत्यौनुस : उदयपुरमा भुत ले ढुङ्गा फाल्द तीन जना घाइते



गाईघाट (उदयपुर)-वर्तमान वैज्ञानिक युगलाई चुनौती दिने गरेर उदयपुर जिल्लाको पहाडी गाविस लाफागाउँ–१ पाकाना, तुम्चीमा अनौठो घटना घट्न थालेको छ ।

वरपर केही छैन, कोही पनि मानिस छैनन्, गाउँको उच्चस्थानको टारमा तीनवटा मात्र घर रहेको स्थानीयवासी बताउँछन् । तर मध्यदिनमा र रात्रिको समयमा अदृश्य शक्तिले ढुङ्गा बर्साउन थालेपछि एक हप्ताभित्र तीनजना स्थानीयवासी घाइते भइसकेको लाफागाउँ गाविस स्वास्थ्य चौकीका अहेब योगेन्द्रकुमार श्रेष्ठ बताउँछन् ।

श्रेष्ठका अनुसार सुरुमा मध्यरातको १२ बजे अचानक तीन किलोको ढुङ्गा स्थानीयवासीको घरभित्र नै खस्दा ओछ्यानमा सुतिरहेकी ११ वर्षीया बालिका सरिता तामाङलाई लाग्दा तामाङ सख्त घाइते भई अहिले अचेत अवस्थामा छिन् । त्यसपछि दोस्रो दिन मध्याह्न १२ बजे दिउँदो स्थानीयवासी जनमुनि राईको घरको आँगनमा ढुङ्गा बर्सन थालेपछि घरको आँगनमा बसेर काम गरिरहेका राई घाइते भई उनी पनि अहिले अचेत अवस्थामा रहेका छन् ।

यस्तै घटना घट्दै गएको चौथो दिनको मध्याह्न १२ बजेको समयमा फेरि आकाशबाट ढुङ्गा बर्सन थालेपछि जनमुनि राईको १६ वर्षीय छोरा घाइते हुन पुगेको लाफागाउँ–३ का ध्रुव बस्नेतले बताएका छन् ।

लाफागाउँभरि घटनाका बारेमा सनसनीपूर्ण हल्ला बाहिर आएपछि गाउँले भेला भएर हेर्न जाँदा पनि घरी–घरी जनमुनि राईको घरको आँगनमा ढुङ्गा खस्ने गरेको र ढुङ्गा कताबाट आयो भनेर नदेखिने तर भुइँमा झरेर बज्रिएपछि मात्र आवाज सुनिने र देखिने गरेको प्रत्यक्षदर्शी बताउँछन् ।

आफ्नै गाउँमा भएको घटनाका बारेमा सुनेर जिल्ला सदरमुकाम गाईघाटमा रहेका नेकपा माओवादी (बिप्लव समूह) का जिल्ला सेक्रेटरी केदार राईसमेत घटनास्थलमा  पुगेका थिए।


दुई दिनअघि मात्र गाउँको घटनास्थल पुग्नुभएका राईले रात्रिको समयमा गाउँलेसँग घटनास्थलमा बसेर अध्ययन गर्दा मध्यरातमा प्रत्यक्ष रुपमा ढुङ्गा बर्सेको र केही ढुङ्गा भुइँमा खसेको देखेको राईले घटनास्थलबाट बताउँदै पुष्टिसमेत गरेका छन्।

राईले भने, “म लगायत दशजना गाउँले के हो त वास्तविक कुरा भनेर राति सोही स्थलमा बास बस्यौँ, तर मध्यरातमा अचानक ढुङ्गा खस्न थाले, अनि केही समयपछि खस्ने क्रम रोकियो, खसेका ढुङ्गा तीन देखि पाँच किलोसम्मका रहेका छन् ।”

घटनाका बारेमा राईले जिल्ला प्रहरी कार्यालय उदयपुरलाई खबर गराएपछि प्रहरी चौकी साउनेको टोली पनि घटनास्थल पुगेर अहिले अध्ययन गरिरहेको कुरा जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।

यस विषयमा उदयपुरका प्रहरी नायब उपरीक्षक ओम रानाले भने, “हाम्रो प्रहरी टोली घटनास्थल पुगेर अध्ययन गरिरहेको छ, ढुङ्गा खसेको आवाज आउँछ र ढुङ्गाहरु पनि खसेर भुइँमा झरेको पुष्टि भएको छ ।” लाफागाउँका हर्कबहादुर राईका अनुसार केही महिनाअघि अदृश्य शक्तिको ढुङ्गा लागेर घाइते भएकी ११ वर्षीया बालिका सरिता तामाङ रात्रिको समयमा हराएकी थिइन् ।

राती घरमा अन्य परिवारसँगै सुतिरहेकी तामाङलाई लामो–लामो केस भएको कालो मानिसजस्तो आकृति आएर जङ्गलतिर लगेर गएको उनी बताउँछन् । बिहान उज्यालो हुने बेला तामाङलाई उक्त शक्तिले घरमा नै ल्याएर छाडेको र तामाङलाई उक्त शक्तिले यो कुरा कसैलाई नभन्नु, भने राम्रो नहुने बताएको राई बताउँछन् । तर तामाङ्ले उक्त कुरा पहिला दिदी र पछि अरूलाई सुनाएपछि उक्त टोलमा ढुङ्गा बर्सन थालेको राई बताउँछन् ।

ढुङ्गाले लागेकी बालिका तामाङ अहिले अचेत अवस्थामा रहेको र ढुङ्गाको चोट भने नदेखिएको पनि घटनास्थलका प्रत्यक्षदर्शी बताउँछन् । यो वैज्ञानिक युगमा अदृश्य शक्तिबाट भएको यस्तो घटनाको वास्तविकता के हो भनेर अध्ययन गर्न वैज्ञानिक अध्ययन नै गर्नुपर्ने निष्कर्षमा प्रहरीसमेत पुगेको छ । रासस
 Source : Nagariknews

‘आधा शहर नै छैन’ : तस्विरमा हेर्नुहोस् इटालीमा भूकम्पको विनाश #Prayforitaly


रोम – इटालीको मध्यभागमा बुधबार बिहान गएको ६.२ म्याग्निच्युडको भूकम्पमा परी हालसम्म १० जनाको मृत्यु भएको र कयौं भगनावशेषमा अझै पुरिएको इटालीका अधिकारीहरु जनाएका छन् ।
‘आधा शहरनै छैन,’ भूकम्पबाट प्रभावित अमाट्रिस शहरका मेयरले भनेका छन् । नजिकै रहेको एकुमोलीमा पनि एकै परिवारका चारजनाको भगनावशेषमा पुरिएर मारिएको आशंका गरिएको छ ।

स्थानीय समयअनुसार बिहान ३ बजेर ३६ मिनेट जाँदा राजधानी रोमबाट १ सय किलोमिर उत्तर–पूर्वमा केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो । केन्द्रविन्दु मात्र १० किलिमोटर गहिराईमा रहेको उक्त भूकम्प करिब २० सकेण्डसम्म आएको थियो ।

भूकम्पबाट सबैभन्दा प्रभावित बनेको आमाट्रिस शहर रहेको छ । जहाँ अझै पनि भगनावशेषमा पुरिएकाको खोजी भइरहेको छ ।

‘शहर आउने बाटो बन्द भएको छ । आधा शहर नै छैन । मानिसहरु अझै भगनावशेषमा पुरिएका छन् । पहिरोले पुल पनि ढल्ने खतरामा छ,’ सर्जियो पेरोज्जीले त्यहाँको राई रेडियोसँग कुरा गर्दै भनेका छन् ।
भूकम्प प्रभावित क्षेत्रमा उद्दार टोली पठाइएको त्यहाँको प्रधानमन्त्री कार्यालयले जनाएको छ । पहिलो झड्का पछि पनि कयौं परकम्पहरु गइरहेको छ । २० मिनेट पछि आएको परकम्प पनि उत्तिकै शक्तिशाली भएको त्यहाँका स्थानीयले बताएका छन् ।

यसअघि सन् २००९ मा एक्युलिया क्षेत्रमा आएको ६.३ रेक्टर स्कलेलको भूकम्पमा ३ सय जनाले ज्यान गुमाएका थिए ।


















सायद यस्तै श्रीमान चाहन्छन नारिहरु



उनी खुइँखुइँती साबुन लगाएर लुगा मिच्थे अनि मलाई पखाल्न दिन्थे।

हामी घरपछाडि फराकिलो आँगनमा थचक्क बसेर लुगा धुन खटिएको एक घन्टा भइसकेको थियो। लुगा धुने बाटामा सबभन्दा माथि मेरै साडी थियो। मेरा श्रीमान त्यो साडी तानेर साबुन लगाइरहेका थिए।

त्यत्तिकैमा छिमेकका भाइ आइपुगे।

‘बाफ रे, बिहेपछि लुगा धुने पहिलो मर्द भेटेँ,’ उनले अलि खिस्याउँदै भने, ‘त्यो पनि श्रीमतीसँग!’

हामी लुगा धोएको हेरिरहेकी मेरी सासूले त झन् खित्का छाडेरै भनिन्, ‘यो त यस्तै हो के बाबु, मेरो लुगा पनि पहिल्यैदेखि धुन्थ्यो। कान्छी बुहारीले खुब सुख पाउँछिन्, जे काममा पनि सघाउने बानी छ यसको।’

नयाँ बेहुला–बेहुली हेर्न आइपुगेका ती छिमेकी भाइ श्रीमतीको लुगा धुने श्रीमान र त्यसमा आपत्ति नमान्ने सासू देखेर जिल परेर फर्किए।

त्यो दिन हाम्रो बिहे भएको ठ्याक्कै नौ दिन पुगेको थियो।
***
बिहेको मिति तोकिएको २० दिनअघि उनलाई मैले फोन गरेर सिधै भनेको थिएँ, ‘मलाई भर्खरै एउटा कुराको टुंगो लगाउनुछ।’

उनले विस्तारै भने, ‘अँ भनन।’

‘तपाईंको घरमा सुत्ने पलङ छ कि छैन?’

‘छ।’

‘दराज नि?’

‘छ।’

‘अनि सोफा?’

‘छ।’

‘टिभी, फ्रिज, कपसेट पनि त होला?’

‘सबै छ हजुर।’

उनको जवाफ सुनेपछि मैले आफ्नो निर्णय सुनाएँ, ‘ओके, त्यसो भए म मेरो आमालाई दाइजोको चिन्ता नगर्नू, हुनेवाला ज्वाईंको घरमा सबै रैछ भन्दिछु है, अब खापेर राख्न किनि चाहियो दाइजो, हैन?’

उनले भने, ‘हे भगवान! यो दाइजोको कुरा कहाँबाट आयो, मलाई केही चाहिँदैन, चाहिएको बाआमाको छोरी मात्रै हो।’

फेरि सोधेँ, ‘आर यु सियोर! (साँच्चै हो)’

उताबाट सहमतिसहितको उत्तर आयो, ‘नो डाउट! (कुनै शंका छैन)’

हामीले दाइजोबिनै बिहे गर्ने निश्चित भो। आफन्तले भने गनगन गर्न थाले, ‘केटी नपाउन्जेल केटोले जे पनि हुन्छ हुन्छ भनिहाल्छ नि, पछि हाम्री नानीलाई हेला होला है, एकसरो सामान त दिनैपर्छ।’

हामीले कसैको कुरा सुनेनौं। बिहे भो, दाइजो बिनै। दाइजोको नाममा धागोधरि नल्याउने केटीसँग बिहे गर्यो भनेर उनले पनि कतिको खप्की खाए होलान्! के के सुन्नुपर्यो होला! त्यो कुरा उनले मलाई आजसम्म भनेका छैनन्।’

म बेहुली भएर भित्रिएको पहिलो दिन उनले भने, ‘म तिमीलाई जिन्दगीमा कहिल्यै मेरो खुट्टा ढोग्न दिन्नँ, अरूलाई ढोगाउँदा मलाई नराम्रो फिल हुन्छ।’

एकछिन थामिए अनि फेरि भनेँ, ‘एउटा कुरा याद गर्नु, मेरो लागि यो काम श्रीमतीले गर्ने, त्यो काम श्रीमानले गर्ने भन्ने कुनै बारबन्देज छैन। जुनसुकै काम हामी दुवैले गर्ने हो, मिलेर।’

नभन्दै म भोलिपल्ट उठेर नुहाइधुवाइ गरेर फर्किंदा उनले कोठा चिरिचट्ट पारिसकेका थिए। सरफाइमा खटिएका नयाँ बेहुला देखेर म तीनछक परेँ। अघिल्लो दिन बिदा गरेकी छोरीको चिन्ताले सुर्ताइरहेकी आमाको फोन आयो, ‘के गर्दै छौ?’

‘भर्खर नुहाएर बसिरा,’ मैले जवाफ दिएँ।

‘अनि ज्वाईं नि?’ आमाले सोधिन्।

‘बिहेको घर भद्रगोल छ, सफासुघर गर्न लाग्नुभा छ,’ मैले भनेँ।
 
आमाले अलि ठूलो स्वरमा भनिन्, ‘काम जति ज्वाईंले गरेसी तँ के गर्छेस् त?’

‘खै अब ज्वाईंलाई नै सोध्नुस् न,’ मैले हाँस्दै उत्तर दिएँ।

उता आमा पनि हाँस्न लागिन्।
...


म आमा एक्लैले घर धानेको हेरेर हुर्केकी हुँ। बाले घरायसी काममा सघाएको मैले कहिल्यै देखिनँ। आमा दिनभरी खेतबारीमा खट्थिन्। साँझ घर फर्किंदा बढेमानको भारी बोकेर आइपुग्थिन्। आङको भारी बिसाउनेबित्तिकै बस्तुभाउ र भातभान्सा सुरु हुन्थ्यो। साँझ–बिहान फुर्सद हुने मेरा बाले कुनै दिन पनि पकाइतुल्याई गरेनन्।

श्रीमतीले भात पकाइसकेर कतिखेर बोलाउलिन् र खाउँला भनेर कुरेर बस्थे। त्यो क्रम अझै जारी छ।

आमा कहिलेकाहीँ दिक्क मानेर मसँग दुख पोख्नुहुन्थ्यो, ‘लोग्नेमान्छेले पनि घरको काममा सघाए पो कतै निस्कन पाइन्छ। आफूलाई त बाहिर फेर कतै निस्कनपर्यो भने सबै धन्दा सकेर निस्कँदा आधा दिन गइसक्छ। अनि फेरि घर फर्किनकै हतार।’

कोही अपवादबाहेक मेरा बा, हजुरबुबा, ठुलोबुबाहरू, काकाहरू, भाइहरू, मामाहरू, भिनाजुहरू घरको काम श्रीमती वा केटीमान्छेले नै गर्ने हो भनेर सोच्थे र सोच्छन्। उनीहरूमध्ये कति त आफूले खाएर उठेपछि त्यही थालमा श्रीमतीले पस्किएर खाएको मन पराउछन्।

एकाबिहानै ब्रसमा मन्जन हालेर हातैमा टक्राएको खुसी मान्छन्। नुहाइधुवाइका लागि कट्टु, तौलिया, साबुन वा अरू चाहिने चिजबिज सबै ठिक्क पारिदिएको मन पराउँछन्। उनीहरू सबैले त्यसै गरिदिएको पनि देखेकै छु। नुहाइसकेर बाथरुमको कुनामा खोलेर राखेको कट्टु अरूले नधोइदिए बाथरुममै कुहाउने तर आफू मरिगए नधुने पनि छन्।

सँगसँगै पत्रकारिता सुरु गरेकी एउटी साथीले बिहेपछि श्रीमानको सहयोगबारे नमज्जा मान्दै सुनाइन्, ‘मेरो श्रीमान भन्छन्, म तिम्रो लागि जे पनि गर्न तयार छु, जेसुकै काम लगाऊ सबै गर्न तयार छु, तिम्रो फरिया धुन मलाई कुनै आपत्ति छैन, तर मेरो आमाले देख्न भएन, छरछिमेकले देख्न भएन। त्यो तिम्रो र मेरोबीचमा मात्रै सीमित होओस्। उनले थपिन्, त्यसरी लुकिछिपी गरेको सहयोगले मजै नआउने, त्यसैले म त आफैं गर्छु सबै काम।’

कामको बोझ र घरव्यवहारले थलिएर उनले सोचेजस्तो प्रगति गर्न सकिरहेकी छैनन्।

तर, यता एउटा यस्तो श्रीमान जसलाई घरको काममा झिँजो लाग्दैन, अरूले यो भन्लान् त्यो भन्लान् भन्नेमा कहिल्यै वास्ता गर्दैनन्। उनी तन्ना, सिरकको खोल यस्तो मजाले निचोरी निचोरी धुन्छन् नि, हेर्दै रहरलाग्ने!

उनले खास एकदमै ठूलो काम गरिदिएको त होइन, फुर्सद बेला सघाएका मात्रै हुन् तर त्यसले आधा बोझ घट्दो रहेछ। बिहेपछि घरव्यवहार र कामको बोझले जागिर छाडौं कि परिवार भन्ने दोधारमा पर्नु नपर्ने रहेछ।

एकदिन मैले श्रीमानलाई जिस्काउँदै सोधेँ, ‘घरको काममा त पूरै सघाउनुहुन्छ, यो सुरु सुरुको नक्कल हो कि साँच्चै हो?’

भाँडा माझिरहेका उनले जवाफ दिए, ‘हेर्दै जाउ न थाहा भैहाल्छ नि।’

श्रीमानको जवाफले चित्तै बुझेन, सासूसँग सोधेँ, ‘आमा, छोराले त जे काममा पनि सघाउनुहुन्छ, पहिलादेखि नै यस्तै हुनुहुन्थ्यो कि अहिले मात्रै?’

सासूले भनिन्, ‘यसको बानी यस्तै छ, पहिल्यैदेखि घरको काममा सघाउँछ, सबै काम गर्ने भएर होला केही अप्ठेरो पनि नलाग्ने। हामीले पनि छोरा हो यस्तो नगर भनेनौं।’
...


बिहे भएको दुई वर्ष पूरा भएपछि अहिले म श्रीमानसँग अमेरिकामा बस्न थालेकी छु।

कहिलेकाहीँ नजिकका आफन्तलाई खाना खान बोलाउँछौं। त्यो बेला श्रीमान नै खाना बनाउन अघि सर्छन् र म उनलाई सहयोग गर्छु। उनी कामबाट फर्किएपछि पनि ढसमस्स बस्दैनन्। केही न केही काममा सघाउन आइपुग्छन्। हामी सबै काम मिलिजुली गर्छौं।

कामबाट फर्किएपछि मोबाइल चलाउँदै एकै ठाउँ घन्टौं बस्ने पुरुषहरू प्रशस्तै छन्। बरु एउटै फोटो दसफेर हेर्छन्, फेसबुकमा घन्टौं झुन्डिएर बस्छन् तर कामबाट सँगसँगै फर्किएकी श्रीमतीलाई भान्सामा तरकारी काट्न सघाउँदैनन्।

यता अमेरिकामा राति १२ बजे कामबाट फर्किएर श्रीमानलाई पकाएर खुवाइरहेकाहरू सुनाउँछन्, ‘उहाँलाई भात नै पकाउन आउँदैन त, अनि के गरुँ?’

मैले भनेँ, ‘अनि भात खान नि?’

‘हा हा .....आउँछ त्यो त!’

‘त्यसो भए पकाउन पनि त जान्नपर्यो नि।’

उनीहरू निराश भएर भन्छन्, ‘कति भन्ने, के भन्ने!’

जागिरे श्रीमतीको कमाइ र काम दुवैमा मोज गर्ने पुरुषका श्रीमतीहरू बिहेपछि बोझिलो जिन्दगी बाँचिरहेका छन्। तर मेरो लागि बिहे कहिल्यै भारी भएन। कामको बोझले यो गर्न सकिनँ, त्यो गर्न सकिनँ भन्ने कुरा मनमा आउन पनि पाएन। सहयोगी श्रीमानजस्तो ठूलो अरू केही नहुने रहेछ।

घरको काम हामी दुवै मिलेर गर्छौं। मेरो पढाइ र मैले गर्न सक्ने काममा श्रीमानको सहयोग र प्रोत्साहन मिलिरहेको छ। मैले पनि त्यसै गरिरहेकी छु।

व्यस्त दैनिकीमा पनि फुर्सदको समय घरायसी काममा सघाउने श्रीमान दुनियाकै सुन्दर, असल, ज्ञानी र सम्पन्नशाली हुन्।

यस्ता उत्कृष्ट श्रीमानहरूलाई नमन्।
 via : Setopati 

मन परेकी केटी भाउजु भएपछि …….



एक दुई गर्दा गर्दै जिन्दगीको ३० औ बसन्त पार गरिसके मैले । यद्यपी बसन्त त मेरो जीवनमा बाल्यकाल बाहेक कहाँ आयो र ! सदैव हिउँ परिर¥यो, सिरेटो चलिरहर्याे मेरो जीवनमा अनि रुखो रहिरहे म, एउटा पतझर रुखजस्तै । मेरो यस्तो भावना सुनेर कतिलाई दिक्क लाग्ला कतिलाई वाक्क । मैले गरेका जीवनका अनुभूतिहरु तपाईले महशुस गर्न पनि सक्नुहोला या नहोला । तापनि म आज सबैलाई सुनाउँदै छु मेरो ठगिएको जिन्दगीको आत्मकथा, पिल्सिएको जिन्दगीको जीवनकथा ।

म संसारमा जन्म लिने महिला र पुरुष बाहेक भएर जन्मिए । अर्थात् तेस्रोलिंगी भएर । हुनतः जन्म मेरो अस्वभाविक होईन अनि न त स्त्री र पुरुष नछुट्टिने अङ्ग नै थिए मसँग । यसर्थ त्यतिबेला कसैलाई थाहा भएन मेरो अलग अस्तित्वको । म स्त्रीलिंगी थिए । यसर्थ नाम राखियो नीरमाया । हाम्रो परिवार त्यति धेरै सम्पन्न होइन । कास्कीको काँडे लुम्लेमा मेरो घर, थोरै जग्गा पनि थियो, त्यसमै हात खुट्टा बजाथ्र्यौ, अन्न उव्जाउथ्यौ । गाई भैसी थियो । तिनलाई स्याहार गरी आएको दुधले घरको सामान्य खर्च टाथ्र्यौ । दुईवटा दाई पछि म जन्मे । यसर्थ महत्वकै थिए म । हामी हुर्कदै गयौ । घरको आर्थिक अवस्था त्यति धेरै सबल नभएकोले गर्दा दाईहरुले पढाई पनि बिचैमा छाडी कामको खोजी गर्दै काठमाडौ छिर्नुभयो । मेरो पढ्ने तीव्र ईच्छा ।

यसर्थ परिवेशसँग संघर्ष गर्दै पढे मैलै । विहान बेलुका घरको कामसँगै गाँउलेको काम गर्न जान भ्याउथे म । यसविचमा पनि मेरो पढाई रामै्र थियो । मेरो शारिरीकसँगै मानसिक विकास हुदै गर्दा म स्त्रीलिंगी भएर स्त्रीप्रती नै आकर्षित हुने स्वभावको भएँ । सुरुमा म यो स्वभावदेखि डराएको थिए ।संसारमा केटाकेटी बिच आकर्षण भएको, केटाकेटी बिच प्रेम भएको, केटाकेटी बिच विवाह भएको अनि केटाकेटी बिच नै गृहस्थी चलेको मात्र थाहा थियो मलाई । यसर्थ ममा चाँहि किन यो अलग किसिमको आकर्षण पलाउदैछ भनेर आत्तिएको थिए म । तर मेरै गाँउमा अरु २ जना साथी पनि मजस्तै पाएँ मैले ।

उनीहरुले मलाई बताएका त होईनन् तर उनीहरुको हाउभाउ र व्यवहार मेरै जस्तो भएकाले मलाई अलि सन्तोष मिलेको थियो कि संसारमा म मात्र हैन मजस्ता अरु पनि हुन्छन् भनेर । म उनीहरु जस्तो धेरै चञ्चल चाहि थिएन । घरको आर्थिक सामाजिक परिवेशले होला । म बच्चादेखि नै अन्तर्मुखी थिए । यसर्थ ‘असल’ शब्दको विशेषण थपिदिएका थिए मेरो नाममाथि छिमेकीहरुले । यसको प्रभावले नै होला कुनै बदमासी गरिएन बच्चाबेलामा ।कक्षा ८ पढ्दै गर्दा पल्लो गाउँकी नीला रिजालसँग मेरो आकर्षण रहन गयो । मेरो पढाई राम्रोे भएकाले सबै विद्यार्थी अनि शिक्षक मसँग नजिकिन्थे ।

यस्तै तवरले उनी पनि नजिकिएकी हुन मसँग । उनी राम्री थिइन । यसर्थ मैले उनलाई विशेष साथी बनाए । उनी अंग्रेजी विषयमा रुचि राख्थिन अनि मचाँहि विज्ञान र गणितमा । हामी भेटमा दुवै एकअर्कालाई सिक्ने सिकाउने गथ्र्यौ । हाम्रो भेट वाक्लिदो थियो अनि सम्बन्ध पनि । विद्यालयको समयले मात्र नपुगेर हामी एकअर्काको घरमा ओहोर दोहोर गर्न थालिसकेका थियौ । उनी मलाई असल साथी, सहयोगी साथीको रुपमा हेर्थिन् । म भने उनलाई छुट्टै किसिमको प्रेम नै गर्न थालेको थिए । यद्यपी डरले भन्न चाहि सकिरहेको थिएन । एक दिन उनी हाम्रो घरमा बस्ने गरी आईन् । बेलुकाको खानापछि हामीसँगै सुत्यौ । त्यस रात मैले आफूले चाहेको व्यक्ति आफ्नो अगाँलोमा हुँदा आफूलाई नियन्त्रण गर्न सकिन र विस्तारै उनलाई स्पर्श गर्न थाले । उनले अवरोध गरिनन् बरु झन् मसँग टाँसिन थालिन् । यसरी त्यो रात हामीबिच सहवास हुन गयो ।

अब मलाई आफ्नो फरकपनको बारेमा उनलाई भन्नु कुनै अप्ठेरो लागेन र भने पनि, अनि प्रेम प्रस्ताव पनि राखे । उनले स्वीकार गरिन् । मेरो खुशीको सीमा नै थिएन । संसार नै जितेझै लाग्यो । झन् धेरै मेहेनत गर्न थाले पढाइमा अनि काममा पनि । गाउँका सामाजिक कार्यक्रममा धेरै सक्रिय हुन थाले । सबैले मलाई धेरै राम्रो मान्थे । म उनलाई औधी माया गर्थे । यसर्थ म हरक्षण उनीसँगै रहन चाहन्थे । उनलाई हरेक काममा सहयोग गर्थे । यहाँसम्म कि पल्लो गाँउको उनको घरमा पुगी घाँस काटीदिने लगायतका घरायसी काममा सहयोग गरिदिन्थे उनको प्रेमले मेरो जीबनमा वसन्त छाएको अनुभब थियो म आफैमा मग्न थिए मस्त थिए ।मेरो जेठो दाईले विवाह गर्नुभयो । पोखरातिरै काम गरी भाउजुलाई लिएर उतै बस्न थाल्नुभयो ।

घरमा उहाँहरुको कुनै आर्थिक सहयोग थिएन । माईलो दाई विदेशिनु भएको थियो । मलेसिया जानुभएको मेरो दाईले पनि खासै कामाइ गर्न नसकेको भन्दै घरमा आर्थिक सहयोग गर्नुभएको थिएन । यसर्थ एस.एल.सी.पछि मेरो पढाईमा अवरोध आयो । एक बर्ष गाउँमै खेतबारीको काम गरी बसेँ । पढ्ने रहर मरेको थिएन । गाउँकै एउटा प्रा.वि.मा शिक्षक बन्ने मौका पाएँ । त्यसपछि भने आफुले पनि माछापुच्छ्रे उच्च मा.वि.मा +२ का लागि कक्षा ११ मा भर्ना भएँ । बिहानी कलेज थियो तर नियमित जान भने पाएको थिईन । यद्यपी राम्रै नम्बरसहित +२ पास गरे । नीला पोखराको पृथ्वीनारायण क्याम्पसमा स्नातक पढ्न थालिसकेकी थिइन् ।

यसर्थ हाम्रो भेट पहिलेको तुलनामा पातलिदो थियो । तर हामी एकअर्कालाई उत्तिकै माया गर्थेउ र उनी घर आएको प्रत्येक पटक हामी सँगै विताउथ्यौ हाम्रो समयहरु । उनी मलाई जीवनमा हार नखान प्रशस्त प्रेरणा दिन्थिन् । परिवारको जिम्मेवारी धानेकोमा गर्भ गर्न आग्रह गर्थिन् । यसरी नै चलिरहेथ्यो जिन्दगी ; केही अभाव, केही जिम्मेवारी, केही अप्ठेरो, केही आशा, अनि केही माया । हो, यसरी नै चलिरहेथ्यो मेरो जिन्दगी ।मेरो गाँऊका म जस्ता २ जना साथीहरु एकाएक गाउबाट गायव भएँ । मलाई उनीहरुको चासो थियो । यद्यपी म उनीहरुजस्तो गाँउमा खुलेको थिइन । उनीहरुले आफ्नो इच्छा अनुरुपको कपडा लगाउँथे र कपाल काटी केटा झँै बनाएका थिए । यो कुरालाई गाँउमा स्वभाविक रुपले लिइएको थिएन ।

उनीहरु गाँउबाट हराउनुका पछिको कारण मैले उनीहरुको लैंगिकतालाई लिए । उनीहरुले यो गाँउ छाड्नुपरेको अवस्थालाई मैले मेरै आँखाले नियालेको थिए । यसर्थ मैले मेरो फरकपनलाई दुनियाँसामु खुल्ला प्रर्दशन नगर्ने निर्णय लिए र आफूलाई नियन्त्रण गर्दै गर्दै जिन्दगी बाँच्दै गएँ । विदेशबाट दाई आउनुभयो । दाईको शरीर पहिलेको तुलनामा मोटाएको थियो, अनुहार चिल्लो भएको थियो, बाँकी कुनै परिवर्तन थिएन । निलाकै सल्लाहमा म पी.एन. क्याम्पस पोखरामा भर्ना भएको थिए । यद्यपी परीक्षा दिन मात्र पोखरा झर्थे । नीला गाँउ आउँदा मेरो घरमा आउँथी । उसको उपस्थितिलाई मेरो बुबाआमाले पनि रुचाउनुहुन्थ्यो ।

ऊ राम्री थिई । दाईले उसलाई मन पराउन थाल्नुभएछ । यसर्थ नीलाका बारेमा मलाई प्रश्न सोध्न थाल्नुभयो । म उहाँलाई बताउन चाहन्थे नीला सिर्फ मेरी हो भनेर तर बताउन सकिन, अरुले मलाई के भन्ने हुन् भनेर तनाव थियो । दुनियाँले मलाई छोरी भनेर चिन्थे यसर्थ केटी केटीबिचको सम्बन्धलाई अरुले बैधानिकता नदिने र नीलाको समेत यसमा बेइज्जती हुने डरले मैले केही बोल्न सकिन । आमाबाबुले पनि मलाई दाईको विवाहका लागि नीलासँग कुराकानी गर्न भनेपछि त एउटा चोटमाथि फेरी खुकुरीको प्रहार परेजस्तै भयो । न म आफुलाई अभिव्यक्त गर्न सक्थे, न नीला मेरो दाजुलाई सुम्पन तयार हुन सक्थे । कसैलाई सुनाउन नसक्ने यो पीडाले मलाई भित्रभित्रै खोक्रो बनाउदै लग्यो । एक दिन नीलाले उनलाई मेरो दाई मन पर्न थालेको र उनीहरुबीच शारिरीक सम्बन्ध पनि भईसकेको भन्दै मसँग माफी मागीन् । म झन् गहिरो खाडलमा परे ।

आफै सपना देख्न लगाई अनि आफै भत्काईन् त्यो सपनालाई उनले । म निस्तब्ध बने । केही भनिन उसलाई । अब मलाई ससांर हेर्ने रहर हुन छाड्यो, भोग्ने रहर हुन छाड्यो तैपनि जिन्दगीलाई मृत्युवरण गराउन लगाउन सकिन । मृत्युभन्दा झन् धेरै पीडादायक यहि जिन्दगी बाँच्न थाले म । केही दिन कोठाभित्रै गुप्तवास बसे । फेरी बल्ल बल्ल आफैलाई थोरै सम्झाउने प्रयास गरे । आखिर नीलाको खुशी मेरो उद्देश्य हो त म उसको यो खुशीलाई किन स्वीकार नगरिदिउँ भन्ने लाग्यो । आफ्नो परिवार पनि पराई झैँ लाग्न थाले । संसारमा म एक्लो महशुस गर्न थाले सवैको संयुक्त चाह भएपछि निरीह म के नै गर्न सक्थे र ? मेरै आँखाअगाडी मेरै प्रेमिकालाई दाईले घर भित्राउनु भयो । मेरो जिउने आधार टुट्यो, दैवले नि मलाई लुट्नसम्म लुट्यो ।

हिजो उनलाई हेर्न आतुर मेरा आँखा अब उनलाई देख्नासाथ तर्सन थालेका थिए । यो कस्तो बिडम्बना ! हामी एउटै छतमुनि थियौ । तर पनि चैन थिएन । सम्बन्ध बदलिएको थियो , समय बदलिएको थियो । म झन् नीरिह बन्दै थिए । म मेरो मनलाई एक्लै एक्लै सम्झाउदै थिए र पुनः पहिलेकै अवस्थामा आफुलाई ढाल्ने प्रयास गर्दै थिए । उनी पनि मेरै विद्यालयमा अंग्रेजी विषय पढाउन थालिन् । उनी हर समय मेरै आँखाअगाडि हुन्छिन् तर मेरो भएर होईन । मलाई थाहा छ उनीपनि मलाई माया गर्थिन् । यसर्थ उनलाई पनि धेरै अस्वभाविकता त लागेको थियो होला, त्यो परिबेशमा । यसैले पनि हुन सक्छ उनले म प्रतिको व्यबहार एक्कासी परिवर्तन गरिन् । मसँग नबोल्ने, बोल्नै परे पनि झस्केर बोल्ने गर्न थालिन् ।

गाँउमा सबैले मलाई राम्रो मान्थे । तैपनि गाँउमा गएर मेरा बारेमा नराम्रा कुरा गर्न थालेकी रहिछन् । म प्रेममा मात्र होइन जिन्दगीमा नै हारेको मान्छे, के गर्न सक्थे र ?चुपचाप बसे अनि उनका विरुद्ध मलाई गर्नु पनि केही थिएन । विवाहको छ महिनापछि नै बुवा आमा र मलाई छाडी उनीहरु छुट्टै बस्न थाले । मलाई अलिकति सहज भयो । फेरी पुरानै शैलीले जिन्दगी अगाडी चल्दैछ मेरो । फरक यति मात्र हो कि हिजो मसँग नीला नामकी उत्प्रेरक थिइन, प्रेमिका थिइन्, आज कोही छैन बश यति मात्र हो फरक । म अहिले पी.एन. क्याम्पसमा गणित विषयमा मास्टर गर्दै छुँ । अनि व्यवहार चलाउन शिक्षण पनि गरिरहेकै छु । आज गाँउबाट एकाएक हराएका मेरा २ साथी नील हिरा समाज संस्थामा आबद्ध भएर आफ्नो ईच्छा अनुशारको जिन्दगी जिइरहेका छन् ।

हाम्रो समुदायको अधिकारका बारेमा आवाज उठाउदै छन् उनीहरु । उनीहरुलाई देखेर खुशी लाग्छ । अनि उनीहरुको त्यो आँटलाई सलाम पनि गर्न मन लाग्छ । म हिजो खुल्न डराए । अहिले पनि डराएरै आफूलाई खुम्चाएर बाचेको छुँ । ती साथीको अभियानमा प्रत्यक्ष सहयोग गर्न नसकेकोमा पीडाबोध हुन्छ । उमेर ढल्दै जादाँ भविष्यको चिन्ता पनि लाग्ने रहेछ । आमा बुवाले विवाह गर्न धेरै आग्रह गरिरहनुहुन्छ । तर पनि मैले उहाँहरुलाई मेरो चाहना अनि रहर बताउन सकिरहेको छैन ।यसरी थुपै्र आन्तरिक द्वन्द्व छटपटि भित्र बाँचेको छ मेरो जीवन ।

बाँचेको पनि के भन्नु मरिराछ भन्नु नै उपयुक्त होला । मैले समयमै आफुलाई आत्मप्रकाशन गर्न नसक्नुको पीडा जिन्दगीभरी भोग्ने भएँ । अब जिन्दगीमा एउटै उद्देश्यले जन्म लिएको छ–समाजसेवा गर्ने । साथीहरु खुलेर समाजसेवा गर्दै हुनुहुन्छ तर म अप्रत्यक्ष रुपले उहाँहरुलाई साथ दिईरहेको छु । सामाजिक चेतना बढ्दो छ । यसर्थ म पनि अब छिट्टै खुलेर समाजमा प्रस्तुत हुन्छु होला । पीडाको यो जिन्दगी अब धेरै बाँचिरहन सक्दिन म । सायद् यसैको परिणामले हुनसक्छ , म आज यो मेरो आफ्नै आत्मकथा सबैलाई सुनाउने जमर्कोमा जुटे । जिन्दगी यस्तै रहेछ कहिले काडाँ अनि कहिले फूल /

 श्राेत – पहिचान


TU Bachelor First year Exam Center 2073




Tribhuvan University office of the controller of examination Balkhu has published the examination center for upcoming bachelor level first year (BA, B.Ed, B.Sc, BBS) examinations.
The examination will be held on two different shifts; so students are requested to view exam center for their shift.

Bachelor first year exams are starting from Bhadra 12

Examination Center notice for 3 and 4 years BBS, and 4 years B.Sc

Examination time: 7 am to 10 am.



Examination Center notice for 3 years and 4 years B.Ed, 3 years BA and B.Sc

for the examinees of Kathmandu.
Examination time: 1 pm to 4pm.


Some Romantic sms words in NEPALI



जब तिमीले "अरु भन" भन्छौ नि !
तब I love you भन्न मन लाग्छ।

 म धर्तीको मान्छे चन्द्रमामा लग्दिन झुटा आस्वाशन लिएर म बग्दिन बिन्ती मेरो पछि नलाग ए प्रिया मेरो थर बाहेको अरु दिन सक्दिन
 जब तिम्ले ummm भन्छौ तेति खेर थाम्न गारो हुन्छ प्राण प्यारी !!

Ankha timlai herera jhimkauna man lagcha,
Dekhe timilai jiskauna man lagcha,
Haina aajkal k vako ho malai, 

Timi huda bhok pyas kata vagcha vagcha

किन गर्थे मरि हत्ते आश भएर पो
अरु जस्तो छैनौ तिमी खास भएर पो 

 'Ex छम्माको फेरी ब्रेकअप भयो रे' 😂😂
यो भन्दा रोमान्टीक लाईन अरु कुनै लाग्दैन आजकल 

मस्तसङ पानी पर्यो छाता थिएन
छातावाली सङै थिइ नाता थि

 तिमी फूल भए पृय म हागा भैदिउला
तिमी भैंसी भए पृय म रागा भैदिउला

 बसन्तको बहार लेउन पृया
अलिक रोमान्टिक भैदेउन पृया
कोठा मा त हामी रमेकै होनि,
भिज्दै पानीमा ब्लो जब देउन पृया

रुदिन भन्थे हास्न पनि सकिन
साइनो नयाँ गास्न पनि सकिन
तस्बिर उन्को छाती भरि राखेछु

बद्लेर अर्को टास्न पनि सकिन....

कसैको गालाको dimple सहि लाग्छ
कसैको चाहिँ pimple सहि लाग्छ
खै कस्तो मोहनी लगाएउ तिमिले तर

तिम्रो चाहिँ nipple नै सहि लाग्छ!!!

 जिबनमा हरेक कुरा बदलिनु आवस्यक छ र समयको माग पनि परिवर्तन हो तर तिमी र तिम्रो माया गर्ने मन कहिले नबदलियोस यति भए पुग्छ।।

अंगूरजस्ता उन्का अंङ्ग सादेर देखाउनुछ
थैलीमा मुला अब खादेर देखाउनुछ
इन्जिन बिग्रेछ तिम्रो भन्छिन्

उन्को हातमा मेसीन राखी छादेर देखाउनुछ अब

सबैभन्दा रोमान्टिक लाइन त उनिले "हुन्छ गर न त" भनेको लाग्छ 

What a love you gave me 
I was about to marry someone else,
And your baby blamed me

timro chori mero dari ko fayn 
sasura ba, catch me if you can!

अहँ मैले कुनै पनि नशालु पदार्थको प्रयोग गर्ने गरेको छैन....
किनकि म नशामा मग्न हुन त तिम्रो एक मुस्कान नै काफी छ

तिमी सिर्फ फिस्स मात्रै हाँस्छौ,
यता म दमको छिसछिस पार्ने पहिलै हातमा तयार पारेर राख्छु।

 प्रतेक छल्क्पनी बोटल रक्सी हुँदैन,
प्रतेक फुलेको फुल गुलाब हुँदैन,
चाहे भने ताज महल त म पनि बनाउठे,
तर प्रतेक केटी मुम्ताज हुँदैन

कहिलेकाही त लाग्छ कि तिमीलाई मेरो खुट्टामा जुत्ताको को ठाउमा राखूँ 

तर के गरु? सिमाचित्रे म त जुत्ता पनि branded पो लाउछु त

""न बिछोडको पीडा,न मिलनको आश,
....कति भाग्यमानी हुन्छन ती मानिसहरु जो मायामा हुदैनन् ।।...."

 तिम्रो फोटो सिरानी मुनि ,
सिरानिलाइ गरेर नहुनी 

भूल्ने भूलाउने काम त दिमाग को हो ,तिमि त मुटु मा छौ ढुक्क भएर बस

उसको त्यो छड्के हेराईमै फिदा भएको थिएँ । 

पट्याईसके पछि पो था भयो , मोरि " Looking to London - talking to Tokyo " वाली पो रैछ 

न त धेरै सारो न त गिलो थियो ।
हातमा ठिक्क अट्ने पिलो थियो ।


बिस्तारै पिलो निचोर्दै म अघि बढे,
तिनकुने परिसर पूरै हिलो थियो ।

आफ्नो नाममा भाको facebook id मात्र छ । यही पनि मागेर जोगी नबनाउ प्रिया

भन्छन् चुरोट रक्सीले बिस्तारै मार्छ अरे। तर तिम्रो मुस्कानले एकपलमै मार्यो के।

तिम्रो फोटो सिरानी मुनि,
सिरानी माथी चडेर नहुनी !

जब साझ परदै गयो मनमा बेथा बड्दै गयो 
तिम्रो याद काडा बनी मुटु माझ गड्दै गयो

उन्को एउटै मुस्कानमा ३ ठ्याक हान्ने म,
जसो तसो पेन्टी लगाउदै मात्र के थिए,
मोरि फेरि मुस्कुराएर मरि

न्का ती ठुलो ठुलो पैनी लाई हेर्न मन लाग्यो
त्यै पैनी को किनार पन्साउदै कान्छो भाइ लाई ओडार मा ठेल्न मन लाग्यो

असार र साउनको झै जाने बाटो चिप्लो थियो
कान्छिको हातले समाउदा झर्दाको क्षण याद आयो।